By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

सञ्चारमाध्यमलाई दुरुपयोग हुनबाट जोगाउनुपर्नेमा अध्यक्ष बस्नेतको जोड

aagaman
Share
SHARE
Ad imageAd image

बारा, ६ फागुन । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमलाई दुरुपयोग हुनबाट जोगाउनुपर्ने र पत्रकारहरुले आचारसंहिता भित्र रहेर मर्यादित तथा उत्तरदायी भएर कलम चलाउनु पर्ने बताएका छन ।

बाराको निजगढमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बाराको समन्वयमा शनिबार बाराको निजगढमा संचार माध्यमका चुनौती एवं मिडिया साक्षरता कार्यक्रममा अध्यक्ष बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन । अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमन काउन्सिल गरिरहेको र काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको हुदाँ त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने उनको भनाइ थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको उपस्थितीमा भएको कार्यक्रममा पत्रकार र संचारमाध्यमले भोगिरहेका समस्या र समाधानका विषयमा चर्चा गरिएको थियो ।

मिडियाहरु चल्नै नसक्ने गरी धरासायी हुँदा जनताको सुचना पाउने अधिकार बन्चित हुने भएको हुदाँ यसलाई बचाई राख्न संचालक, पत्रकार र सरकार सँधै जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो । अध्यक्ष बस्नेतले कतिपय कानुन पत्रकार र मिडिया मैत्री नहुँदा समस्या भैरहेको भन्दै त्यस्ता खाने कानुन परिमार्जनका लागि काउन्सिलले सहजीकरण गरिहेको पनि बताए ।

उनले राजनैतिक दल र नेताहरुले सत्तामा हुँदा र बाहिर हुँदा मिडियालाई प्ररक ढंगले चित्रण गर्ने गर्दा पनि समस्या हुँदै आएको बताए । देशको परिवर्तमा महत्वपूर्ण भुमिका निर्वाह गरेका संचारमाध्यम र पत्रकारका सवालमा राज्य हुनुपर्नेजती संवेदनशिन नबनेको उनको भनाई थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर प्रसाद बेलबासे, मुख्य अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका सचिव गोबिन्द चौलागाँई, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य महेश्वर अधिकारी सहभागि थिए । यस्तै बाराका अध्यक्ष रेशम तीवारी, पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, लक्ष्मी साह र कमलकुमार अपाध्याय, सर्लाहीका अध्यक्ष टंक क्षेत्रीसहित बारा, पर्सा, रौतहट र सर्लाहीका सकृय पत्रकारहरु, विभिन्न संचारसम्बद्ध संगठनका अध्यक्ष, संचारमाध्यमका संचालकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

aagaman February 18, 2024 February 18, 2024
Previous Article नेकपा माओवादी नेतृत्वको समाजवादी मोर्चाको बैठक बस्दैँ
Next Article नेपाल ‘ए’ टिमको पहिलो खेल आज
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?