सोमवार, माघ १०, २०७८
Monday, January 24, 2022

२०२५ सम्ममा ताइवानमाथि आक्रमण गर्न चीन पूर्ण रुपमा सक्षम हुने

२०२५ सम्ममा ताइवानमाथि आक्रमण गर्न चीन पूर्ण रुपमा सक्षम हुने ताइवानी रक्षामन्त्रीले बताएका छन्।

बुधबार टापुका सांसदहरुमाझ बोल्दै रक्षामन्त्री चिउ कुओ चेङले बेइजिङले आक्रमण गर्नसक्ने चेतावनी दिएका हुन्।

ad
पछिल्लो केही दिनमा चीनले डेढ सयभन्दा बढी लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गराएको छ।

‘मेरो ४० वर्षभन्दा लामो सैनिक जीवनमा भोगेको यो सबैभन्दा कठिन परिस्थिति हो,’ चिउले बढ्दो तनावबारे भने।

ad
२०२५ सम्ममा बेइजिङले न्यूनतम खर्चमा युद्ध सुरु गर्ने क्षमता हासिल गर्ने उनको भनाइ थियो।

‘चिनियाँ कम्युनिस्टहरुसँग ताइवानमाथि आक्रमण गर्ने क्षमता अहिले नै छ। तर, त्यसो गर्नुअघि उनीहरुले युद्धको खर्च र परिणामबारे सोच्नुपर्ने हुन्छ,’ चिउले भने।

अलिकति गल्ती हुँदा पनि युद्ध सुरु हुने परिस्थिति रहेको उनले बताए। युद्ध रोक्न ताइवानले तत्काल थप हतियार किन्नुपर्ने उनको जोड थियो।

ताइवानले ८.६ अर्ब डलरको हतियार किन्ने तयारी गरिरहेको छ। त्यसका लागि सांसदहरुलाई मनाउन उनले सो कुरा बताएका थिए।

चिउले ताइवान आफ्नो सुरक्षाका लागि अरुमाथि निर्भर हुन नहुने बताए। एससीएमपी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x