सोमवार, माघ १०, २०७८
Monday, January 24, 2022

गुल्मीमा पहिरोमा परि २ बालबालिकाको मृत्यु

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

१९ असार, काठमाडौं । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले दुई वटा घर बगाउँदा मृत्यु हुनेको संख्या दुई जना पुगेको छ भने पाँच जना घाइते भएका छन् ।

अविरल वर्षासँगै बिहीबार राति गएको पहिरोले २७ वर्षीया ईश्वरी खत्रीको घर बगाउँदा बेपत्ता भएकी उनकी ७ वर्षीया अपेक्षा खत्री मृत अवस्थामा फेला परेसँगै मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

पहिरोमा परी ईश्वरी खत्रीसहित उनकै परिवारका ६४ वर्षीय टिका खत्री र आयुष खत्री पनि घाइते भएको गुल्मीका डीएसपी केदारराज पन्तले जानकारी दिए ।

पहिरोले सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको थियो । पहिरोमा परी बसन्तसहित २१ वर्षीया सिर्जना सारु घाइते भएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x