बुधबार, मंसिर २२, २०७८
Wednesday, December 8, 2021

आलोचक हरुलाइ नायिका साम्राज्ञीको जवाफ

१८ असार, काठमाडौं ।- नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्मी क्षेत्रबारे जे जति कुराको खुलासा गरेकी छिन् त्यसबारे ढिलो मुख खोलेको भन्नेहरुलाई जवाफ दिएकी छिन् । आफूले त्यस्तो रहरले नभई बाध्यताले गर्नुपरेको पाि बताइन् ।

बुधबार बेलुका आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै आफूलाई धेरैले किन त्यति बेला नै मुख नखोलेको र किन ढिलो बोलेको भनेर प्रश्न सोधिरहेको बताइन् । यसबारे जानकारी दिँदै उनले भनिन्, ‘म पागल छु ? यति ढिलो बोल्न ? मैले पहिले नै यसबारे बोल्न खोज्दा मलाई धेरैजनाले रोक्नुभयो । एउटा अन्तरवार्तामा मैले यसबारे थोरै कुरा कोट्याउँदा पनि मेरो संघर्षलाई घुमाएर मलाई नै नराम्रो बनाउन खोजियो । थुप्रै नचाहिँदो समाचारहरु आए । त्यो कुराले मेरो परिवारलाई असाध्यै नराम्रो लागेको थियो ।’

यसबारे उनले थपिन्, ‘उहाँहरुलाई नराम्रो यसकारण लाग्यो किनभने उहाँहरुलाई सही कुरामा पनि यति धेरै ‘पावर र पोलिटिक्स’ चल्ने कुरा र साँचो कुरालाई तोडमाड गरेर आफैंलाई नराम्रो बनाइने कुरा थाहा भयो । उहाँहरु दुःखी हुनुहुन्थ्यो । त्यसपछि उहाँहरुले नै यस्तो कुरा छोड्न भन्नुभयो ।’

उनले आफूलाई यस्ता कुराहरु लुकाउन मन नलाग्ने बताउँदै यसबारे झन् बोल्न मन लाग्ने पनि बताइन् । तर आफ्नो परिवार नै दुःखी भएका बेला, उहाँहरु र आफ्नै लागि भएपनि चुप लागेर बस्नु परेको उनले बताइन् । यसबारे उनी थप्छिन्, ‘एक त बच्चा थिएँ, मैले सही कुरा गर्दा पनि मान्यता दिँइदैन रहेछ भन्ने कुरा मेरो दिमागमा सेट भयो ।’

यद्यपि, यी सबै हुँदा पनि आफूले काम गर्न नछोडेको उनले बताइन् । उनले करिब दुई महिना मात्र खाली बसेर लगातार काम गरेको पनि बताइन् । आफूले खाली नबस्ने दौरानमा नयाँ फिल्मको अनुभव बटुल्ने मौका पाएको जानकारी दिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Season