सोमवार, माघ १०, २०७८
Monday, January 24, 2022

संयुक्त अबर इमिरेट्सले पाकिस्तानबाट आउने सबै उडान रद्द गर्ने घोषणा

एजेन्सि – संयुक्त अबर इमिरेट्स (यूएई)को जनरल सिभिल एभिएशन अथोरिटी (जीसीएए) ले पाकिस्तानबाट आउने सबै उडान रद्द गर्ने घोषणा गरेको छ । यसमा ट्रान्जिट उडान पनि समावेश छन् ।

युएईले जबसम्म पाकिस्तान संयुक्त अरब इमिरेट्को रुटमा आउने सबै यात्रुका लागि कोभिड–१९ को परीक्षणको व्यवस्था गर्दैन तबसम्म यो निर्णय लागू गर्ने बताएको छ ।

यूएईले यस्तो कदम मानिसहरुको स्वास्थ्यसँग कुनै खेलबाड नहोस् भन्दै सावधानीका लागि उठाइएको बताएको छ । जीसीएएले यो निर्णयबाट प्रभावित सबै यात्रुलाई आ–आफ्ना एयरलाइन्सलाई सूचित गर्न र आफ्नो यात्राको मिति स्थगित गर्न जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x