By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

नियमविपरीत रातु नदीमा उत्खनन भएको अनुगमन समितिको निष्कर्ष

aagaman
Share
SHARE
Ad imageAd image

महोत्तरी, १८ पुस । जिल्लास्तरिय अनुगमनपछी रातु नदीमा भएको उत्त्खनन रोकिएको छ ।

अनुगमनका क्रममा भईरहेको उत्त्खनन प्रक्रियागत ढंगले नभएको भन्दै तत्काललाई उत्त्खनन रोकिएको अनुगमन समितिले जनाएको छ ।

मिडियावाट उत्त्खनन मापदण्डविपरित भएको समाचार सम्प्रेषण भएपछी सोमवार जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको नेतृत्वमा स्थलगत निरिक्षण भएको थियो ।

निरिक्षणका क्रममा कयौ मापदण्ड विपरित देखिएको संयोजकले कर्णले बताए । प्रक्रियागत ढंगवाट नगरपालिका र ठेक्केदार कम्पनीले उत्त्खनन गर्ने प्रतिबद्दता नजनाए सम्म उत्त्खनन रोक्नैपर्ने बाध्यता रहेको उनको भनाई छ । ‘आज पनि रातु नदीको चारै खण्डमा गएर अनुगमन गरियो, उत्त्खनन रोकिएको नै छ,’ संयोजक कर्णले भने, ‘मापदण्ड विपरित भएका बिषयहरुलाई हामीले औल्याएका छौ ।’

घाटगद्दी नगरिएको, मापदण्डविपरित खाल्डा बनाइएको, सुचना बोर्ड नराखिएको, उत्त्खनन भएको नदिजन्य पदार्थको परिमाणको रेकर्ड नराखिएको, उत्त्खननस्थलमा प्रवेश गर्ने कुनैपनि टिपरको आधिकारिकता नदेखिएको, सम्झौतामा उल्लेख भएको सर्तहरु पालना नगरिएको, नगरपालिकाको औपचारिक अनुगमनको रेकर्ड नदेखिएको जस्ता थुप्रै कमजोरीहरु देखिएको अनुगमन समितिले जनाएको छ ।

अहिले बर्दिवासस्थित नदीको ४ खण्डमा ठेक्का लगाएको छ । नगरले दिएको जानकारीअनुसार किसाननगर खण्डवाट ८०१५० घनमिटर, जुरेटोल खण्डवाट ८०११५ घनमिटर, फूलवारी खण्डवाट ६७२८८ घनमिटर, पथलैया खण्डवाट ६७१२६ घनमिटर निकाल्न सकिने आईई रिपोर्टले अनुमति दिएको छ, जुन झन्डै ६ करोड ४३ लाख ९ हजार ९९९ रुपैयाँ राजस्व हुन आउँछ ।

यता अघिल्लोपटक भएको उत्त्खननलाई लिएर पनि अहिले नगरले लगाएको ठेक्काको बैधतामाथी प्रश्न चिन्ह खडा गरिएको छ ।

यसअघि के भएको थियो ?

वातावरणीय प्रभाव मूल्यांकनअनुसार २०७८ सालमा रातु नदीका विभिन्न ४ वटा खण्डबाट १ लाख २१ हजार ५०० घनमिटर नदीजन्य बस्तु उत्खनन गर्ने सम्झौता भएको थियो ।

तर, नापजाँच उपसमितिको प्रतिवेदनअनुसार उत्खनन गर्ने जिम्मा पाएको उद्योग पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डबाट सम्झौताभन्दा १ लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट १ लाख ६३ हजार ९६५ घनमिटर बढी उत्खनन गरेको थियो ।

यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रा।लि।ले फूलबारी खण्डबाट सम्झौतामा उल्लेख गरेभन्दा १ लाख ७२ हजार ३६० घनमिटर र दिव्यांशु बिल्डर्स प्रा।लि।ले पथलैया खण्डबाट सम्झौता गरेभन्दा २ लाख ९९ हजार ८४५ घनमिटर उत्खनन गरेको छ ।

पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको २ करोड ७५ लाख रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी छ भने जुरेटोल खण्डको २ करोड ६१ लाख रुपैयाँ राजस्व नगरलाई दिन बाँकी छ ।

शिवम् कन्स्ट्रक्सनले २ करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले ४ करोड ७८ लाख रुपैयाँ दिन बाँकी देखिएको छ । हरेक खण्डबाट ४ दशमलव ५२ रुपैयाँ प्रतिघनमिटर राजस्व निर्धारण गरिएको थियो ।

ढुंगा, गिटी, बालुवा बिक्री–वितरण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७७ को समेत धज्जी उडाउँदै उत्खनन भएपछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

त्यसपछि नगरपालिकाले ठेक्का सम्झौता रद्द गरेर प्राविधिक नापजाँच उपसमितिको रिपोर्टअनुसार १ साउन, २०७८ मा कारबाही प्रक्रिया सुरु भएको थियो । यो मुद्दा अहिलेपनि जनकपुर् उच्च अदालतमा विचाराधीन छ ।

aagaman January 3, 2024 January 3, 2024
Previous Article यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु
Next Article अन्तराष्ट्रिय अदालतमा मुद्दा हाले पछि इजरायलले भन्यो, ‘दक्षिण अफ्रिका शैतानको पक्षमा उभियोु
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?