मुम्बई, १७ पुस । दक्षिण भारतीय सिनेमाले सन २०२४ मा तहल्का मच्चाउनेवाला छन । जसका कारण सबैजना साउथ इन्डियन फिल्मको पर्खाइमा छन् ।
बितेको साल २०२३ मा साउथ इन्डियन फिल्म सालारले निकै ठुलो चमात्कार देखाईरहेको छ । अब दर्शकको नजर नयाँ वर्ष अर्थात सन् २०२४ मा केन्द्रित छ किनभने यो नयाँ वर्षमा पनि दक्षिण भारतीय चलचित्रको बक्समा के के चमत्कार देखाउने छ ।
यदि तपाई पनि यस्तै दर्शकहरु मध्ये एक हुनुहुन्छ भने तपाईको जिज्ञासा शान्त पार्ने कोशिश गर्नेछौं । र हामी तपाईलाई ती दक्षिण भारतीय चलचित्रहरूको नाम बताउँछौं, जुन तपाईले नयाँ वर्ष २०२४ मा हेर्न पाउनु हुनेछ । किनभने, पर्खाइमा रहेका यी चलचित्रहरू ठूला स्टारहरूले सजिएका छन्, त्यसैले यो पनि ठूलो बजेटमा बन्ने र बनेको भन्ने निश्चित नै छ।
गुन्टुर करम
यो फिल्ममा महेश बाबु देखिदैछन् । त्रिविक्रम श्रीनिवासमको काम पनि ‘गुंटुर करम’मार्फत पर्दामा देखिने छ। यो फिल्म जनवरी १२ मा रिलिज हुने अपेक्षा गरिएको छ ।
कप्तान मिलर
धनुषका फ्यानहरू सन् २०२३ देखि नै यो फिल्मको प्रतिक्षामा छन् । यस फिल्ममा धनुष फरक लुक र स्टाइलमा देखिदैँछन् । जसलाई अरुण माथेश्वरनले यस शैलीमा कोरेका छन् । यो फिल्म जनवरी १२ मा पनि सिनेमा हलमा देख्न सकिनेछ ।
मलाइ कोट्टै वालिबन
यस फिल्ममा मोहनलालको दमदार अवतार देखिनेछ । फिल्मलाई लिजो जोसे पेलिसरीले निर्देशन गरेका हुन् । यो चलचित्र २५ जनवरीमा पर्दामा देख्न सकिनेछ ।
देवरा
आरआरआरको अभूतपूर्व सफलतापछि साउथका सुपरस्टार जुनियर एनटीआर देवरा फिल्ममा देखिदै छन् । यो फिल्ममा जान्हवी कपूर पनि उनीसँग स्क्रिन सेयर गर्दैछिन् । यो फिल्म अप्रिलसम्म रिलिज हुन सक्ने जनाईएको छ ।
थङ्गलान
कोलार गोल्ड फिल्डमा बनेको फिल्म केजीएफका दुवै भाग हिट भएपछि अब सोही कोलार गोल्ड फिल्डमा बनेको अर्को फिल्म रिलिज हुन लागेको छ । निर्देशक पा रञ्जितको यो फिल्ममा चियान विक्रम, पार्वती र मालविका मोहनन देखिने छन् ।
पुष्पाः दि रुल
पुष्पाः द राइज पछि अब हामी पुष्पाः द रुलको पर्खाइमा छौं, जुन यो वर्ष समाप्त हुन सक्छ। अल्लु अर्जुनको यो बहुप्रतिक्षित चलचित्र १५ अगस्ट २०२४ सम्म रिलिज हुन सक्ने जनाईएको छ ।
गेम चेन्जर
मेगा पावर स्टार रामचरणको यो फिल्म पनि सेप्टेम्बरमा रिलिज हुन सक्छ । चलचित्रलाई निर्देशक शंकरले निर्देशन गर्दैछन् ।
कान्ताराः अध्याय १
ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ हिट भएपछि यसको प्रिक्वेल बनिरहेको छ, जसको नाम कन्ताराः च्याप्टर वन राखिएको छ । यो पनि सन् २०२४ मा रिलिज हुन सक्छ।
एल टिः एम्पारुन
मोहनलालको अर्को फिल्म २०२४ मा रिलिज हुँदैछ, जसको पोस्टरको निकै चर्चा भएको थियो ।
कङ्गुवा
आगामी तमिल फिल्म कंगुवाको झलक देखेर फ्यानहरू छक्क परेका छन् । ११ अप्रिल २०२४ मा रिलिज हुने यस फिल्ममा सूर्या, बबी देओल, दिशा पटानी र योगी बाबु महत्वपूर्ण भूमिकामा देखिनेछन्।