By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २१०० नाघ्यो

aagaman
Share
SHARE
Ad imageAd image

मोरक्को, २५ भदौं । छ दशक यताकै सबैभन्दा ठूलो भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार १२२ पुगेको छ ।

अल हाउस प्रान्तमा सबैभन्दा बढी १ हजार २९३ जनाको मृत्यु भएको छ। भूकम्पमा २ हजार ५९ जना घाइते भएका छन् । जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

भूकम्पले ऐतिहासिक सहर माराकेश र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भूकम्पबाट अति प्रभावित दुर्गम क्षेत्रमा उद्धार कार्य जारी छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाईएको छ । सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले भूकम्पबाट तीन लाख मानिस प्रभावित हुने अनुमान गरेको छ । मोरक्कोमा ६ दशकयताकै सबैभन्दा भीषण भूकम्पपछि जताततै विनाशका संकेतहरू देखिएका छन् । अस्पताल बाहिर शवको थुप्रो छ ।

उता, विनाशकारी भुकम्पबाट बाँचेका मानिसहरू भग्नावशेषमा आफ्ना प्रियजनहरूको जीवन खोजिरहेका छन्। मोरक्को सरकारले सेनाको सहयोगमा पीडितहरूलाई खाना र पेय पदार्थ पुर्‍याउने घोषणा गरेको छ। राजा मोहम्मद चतुर्थको निर्देशनमा सेनाले भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न विशेष खोज अभियान चलाइरहेको छ।

मोरक्कोको गृह मन्त्रालयले ग्रामीण क्षेत्रका माटोका घरहरू पूर्ण रूपमा ध्वस्त भएको बताएको छ। भग्नावशेषका कारण साँघुरो सडकहरु बन्द भएका छन् । अस्पतालबाहिर करिब १० जनाको शव छरिएको छ र आफन्तहरू अन्तिम संस्कारको लागि पर्खिरहेका छन् ।

स्मरण रहोस गत शुक्रबार राति यस उत्तर अफ्रिकी देशमा ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सन् १९६० मा देशमा गएको शक्तिशाली भूकम्पमा १२ हजार मानिसको मृत्यु भएको थियो ।

aagaman September 11, 2023 September 11, 2023
Previous Article बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
Next Article कति छ त आजको विदेशी मुद्राको विनिमय दर ?
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?