By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

देउवापत्नी राणासहित कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार

aagaman
Share
SHARE
Ad imageAd image

हेटौँडा, १० भदौ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आरजु राणा देउवालाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ।

संसदीय समितिको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोननयन दर्ताको समय निर्धारण गरिएको छ।

कांग्रेसले पाउने ४ समिति सभापतिको उम्मेदवार आज बिहान टुंगो लगाएको एक सांसदले जानकारी दिए।

उनका अनुसार राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा सहमहामन्त्रीसमेत रहेका जीवन परियार, कृषिमा आरजु राणा ,अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने तयारी छ।

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एमालेले ३ र एकीकृत समाजवादी, जसपा र जनमत पार्टीलाई १/१ समिति पाउने सहमति भएको थियो।

एमालेले पाउने तीन जनामध्ये दुईजना उम्मेदवारको टुंगो लागिसकेको छ। नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिमा मोरङबाट निर्वाचित सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा रौतहटका किरणकुमार साहलाई उम्मेदवार बनाउने तयारी गरेको छ। माओवादीले माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ। अन्य दलले पनि आज अपराह्नसम्म उम्मेदवार टुंगो लगाउन बैठक बोलाएका छन्।

aagaman August 27, 2023 August 27, 2023
Previous Article सन्दीपविरुद्धको मुद्दामा आइतबारबाट फैसला बहस हुने
Next Article सन्दीपको मुद्दा न्यायाधीश पण्डितको इजलासमा, पाँचौं नम्बरमा पालो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?