By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गनगाईं नियुक्त

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ३१ साउन । कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले आज प्रदेश सभाका ज्येष्ठ सदस्यसमेत रहेका कांग्रेस प्रदेशसभा सदस्य गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका छन् । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन्।

मुख्यमन्त्री थापाले यसअघि माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास, कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री र जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए।

आज मन्त्री बनेका मण्डललाई अहिले केहीबेरमा पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी रहेको छ । बहुमत पुर्‍याउन सभामुखलाई राजीनामा गराएको सत्ता गठबन्धनले विश्वासको मत लिने वेलामा सम्भावित जोखिम कम गर्न ज्येष्ठ सदस्यलाई मन्त्री बनाएको हो।

एमालेले पनि उपसभामुखलाई राजीनामा गराउनसक्ने र त्यसो हुँदा मण्डलले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने हुँदा विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्री थापाले मण्डललाई मन्त्री नियुक्त गरेका हुन्।

मण्डलपछिका ज्येष्ठ सदस्य एमालेका रोहितबहादुर कार्की छन्। तर एमालेले उपसभामुखलाई राजीनामा गराएर मुख्य मन्त्रीले विश्वासको मत लिने दिन ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने चर्चा पनि छ।

aagaman August 16, 2023 August 16, 2023
Previous Article मौसम बदली, चट्याङ्गसहित पानी पर्ने सम्भावना
Next Article सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?