By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजसामाजिक

वर्षाको कारण सप्तकोशीमा पानीको बहाव उच्च,ब्यारेजका ५६ वटै ढोका खोलियो

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, २९ साउन । लगातारको वर्षाको कारण पानीको बहाव उच्च भएपछि सप्तकोशी र नारायणी ब्यारेजका सबै ढोका खोलिएको छ।

सुनसरीस्थित सप्तकोशीमा पानीको बहाव ३४ वर्ष यताकै सबैभन्दा उच्च मापन गरिएको छ। जसकारण खतराको संकेत बाल्दै ब्यारेजका ५६ वटै ढोका खोलिएको हो।

सप्तकोशी अन्तर्गतको कोशी नदीको बहाव सोमबार बिहान ४ लाख ६२ हजार क्युसेक प्रति सेकेन्ड मापन गरिएको छ।

उता नारायणी नदीमा पनि पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ। ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको ३६ वटै ढोका खोलिएको हो।

नारायणी​​​​​​​मा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक प्रति सेकेन्ड ​​​​​​​मापन गरिएको छ।

नारायणी नदीको जल सतह सतर्कता तहमाथि रहेको छ। जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको हो।

आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा ७.७ मिटर र नारायणी पुल नारायणगढमा ११.१५ मिटर छ।

देवघाटमा ७.३ मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ। नदीमा यसअघि गत असार २३ गते पानीको सतह ७.४२ मिटर पुगेको थियो। चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ।

aagaman August 14, 2023 August 14, 2023
Previous Article च्याम्पियन बार्सिलोनाले सिजनको पहिलो खेलमा गोल गर्न सकेन
Next Article आजदेखि मौसममा क्रमिक सुधार हुने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?