एजेन्सी, २९ साउन । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्।
गएराति चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेले।
खेलमा अग्रता पाहुना टोली लिभरपुलले खेलको १८औँ मिनेटमा लुइस डियाजको गोलमार्फत कायम गर्यो। तर ३७औँ मिनेटमा डेब्यु खेलमै डिसासीले चेल्सीका लागि बराबरी गोल फर्काए।
यसपछि दोस्रो हाफमा दुवै टिमबाट गोल नभएपछि सिजनको पहिलो खेलमा दुवै टिमले १-१ अंक बाडे।