By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रियकला तथा साहित्य

अक्षय कुमारको ओएमजी-२ को २० सिन काटियो,’ए’ सर्टिफिकेट दिने भएपछि निर्माता असन्तुष्ट

aagaman
Share
SHARE
Ad imageAd image

मुम्बइ, १० असार । अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ यतिबेला सेन्सर बोर्डमा फसेको छ । यसैबीच बोर्डको परिमार्जन समितिले फिल्म हेरेको जनाइएको छ ।

ई–टाइम्सको रिपोर्ट अनुसार समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ। तर, यस विषयमा निर्मातालाई कारण देखाउ सूचना पनि पठाइएको छ । स्क्रिनिङमा बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उता दैनिक भास्करसँग भने फिल्मको निर्माण टिमले त्यस्तो केही नभएको बताएका छन । चलचित्र परिमार्जन समितिले अहिलेसम्म नहेरेको फिल्म टोलीले जनाएको छ । समितिले आज २६ जुलाइमा हेरेर थप निर्णय गर्नेछ । तर, अहिलेसम्म यस विषयमा निर्माताको आधिकारिक धारणा आएको छैन । यस्तो अवस्थामा फिल्म अहिले कुन अवस्थामा छ रु भन्ने अनुमान गर्न गाह्रो छ ।

अचम्मको कुरा के छ भने फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरन्स’ भने आउन सकेको छैन । यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ ।

ओएमजी २’ अगस्ट ११ मा रिलिज हुँदैछ । हालै फिल्मको गीत पनि रिलिज भएको थियो, जसमा रिलिज मिति भने उल्लेख गरिएको थिएन । अहिले बिदामा रहेका अक्षय कुमारले फिल्मको हलको मिति तय गर्ने विश्वास गरिएको छ ।

वास्तवमा यो फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ । यस्तो अवस्थामा सेन्सर बोर्डले ‘ओएमजी २’ समीक्षा समितिमा पठाएको छ । समीक्षा समितिको जवाफपछि सेन्सर बोर्डले फिल्मको भाग्य तय गर्नेछ ।

साथै, बिबादका कारण ओएमजी २ को ट्रेलर पनि रिलिज हुन सकेको छैन । सेन्सर बोर्डबाट २७ गतेसम्म ‘क्लियरन्स’ नआएमा यो ट्रेलर पनि जुलाई ३१ सम्ममा रिलिज गर्ने तयारीमा छन् ।

यो फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी’ को सिक्वेल हो। उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।

aagaman July 26, 2023 July 26, 2023
Previous Article यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Next Article गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले सदन अवरुद्ध गर्ने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?