By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

गौर हत्याकाण्ड उठाउँदै आजपा आन्दोलित, साउन १५ गतेदेखि अनिश्चित्कालिन रौतहट बन्दको घोषणा

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, १ साउन। गौर हत्याकाण्ड पीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन रौतहट बन्दसहितको आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

घटनापछि जाहेरी दर्ता गरेको १७ वर्षसम्म दोषीउपर कानुनी कारबाही नभएको भन्दै समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रमबारे पनि जानकारी दिएको छ ।

७ चैत २०६३ मा रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकप माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले कार्यक्रम गर्न लाग्दा भएको घटनामा २८ जनाको मृत्यु भएको थियो । सो घटनापछि २८ चैत २०६४ मा रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको सोमबार १७ वर्ष वितिसक्दा पनि कारबाही प्रक्रिया नथालेको भन्दै समितिले आन्दोलित भएको हो ।

सोमबार समितिले प्रदर्शनसमेत गरेको छ । ‘अमानवीय र विभत्य हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षों वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारवाही नगर्नाले हामी पीडितहरुको आँखा अगाडि नै अपराधिहरु खुलेआम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएको छ ।

घटना घटेको अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजीम अविलम्ब कारबाही गरी हामी पीडितहरुलाई अपराध पीडितको हक प्रचलन गराई न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौं,’ समिति संयोजक रुपसागर देवीले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

कारबाही नगरेमा आन्दोलनमा उत्रिने घोषणा गर्दै संघर्षका कार्यक्रमबारे पनि प्रजिअलाई जानकारी गराएका छन् ।

जसअनुसार साउन२–१२ गतेसम्म पलिकाहरूमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया गर्ने, साउन १३ गते शहीद परिवार एवं पीड़तिहरूद्वारा धर्ना दिने, साउन १४ गते मोटरसाइकल ¥याली गर्ने र साउन १५ देखि अनिश्चितकालीन रौतहट बन्द गर्नेछ ।

aagaman July 17, 2023 July 17, 2023
Previous Article भारत ‘ए’ विरूद्ध नेपालका कप्तान रोहितको अर्धशतक
Next Article कांग्रेस केन्द्रीय समिति बैठकमा आज यी १० एजेन्डामाथी छलफल हुँदै, बैठक लाइभ गर्ने तयारी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?