By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

रुपन्देहीमा उग्ररुप लिएको पार्टीका दुई गुटलाई रास्वपाले गरायो मिलापत्र

aagaman
Share
SHARE
Ad imageAd image

बुटवल,१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा उग्ररुप लिएको आन्तरिक विवाद अन्ततः मिलापत्रबाट टुंगाइएको छ।

जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी दुई पक्षबीचको कुटाकुट हुँदै प्रहरीसम्म पुगेको थियो। आन्तरिक विवाद प्रहरीसम्म पुगेपछि रास्वपाको चर्को आलोचना समेत भएको थियो।

रास्वपाले विवाद समाधान गर्न भन्दै हालका जिल्ला संयोजकलाई पदबाट हटाएर अर्का सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ।

जिल्ला संयोजक प्रकाश ज्ञवाली सरकारी शिक्षक समेत भएको विषय बाहिर आएपछि रास्वपाले प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाएको हो।

यता विवादलाई सतहमा ल्याउने सैनामैनाका दामोदर खत्रीलाई थप अनुसन्धानका लागि भन्दै रास्वपाको अनुसन्धान टिमले काठमाडौं बोलाएको छ। घटनाको सबै विवाद बाहिर खत्रीले पत्रकार सम्मेलन गरेर ल्याएका थिए।

खत्रीले आफूले पार्टीभित्र गुट हावी हुनु हुँदैन भनेर आवाज उठाउँदा उल्टै आफूमाथि कुटपिट भएको तर अहिले पार्टीले आफ्नो कुरा सुनेर जिल्ला संयोजक नै परिवर्तन गरेपछि आफ्नो जीत भएको बताए। उनले पार्टीको अनुशासन टिमले गर्ने थप अनुसन्धानमा सहयोग समेत गर्ने बताए।

रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले विवादपछि जिल्ला संयोजक परिवर्तन गरिएको र कुटपिटको विषयमा संलग्न दामोदर खत्रीलाई इलाका प्रहरीमा माफी मगाएको बताए। उनले आगामी दिनमा गल्ती नगर्ने गरी कागज गराइएको समेत बताए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले दुवै पक्षलाई राखेर सहमतिमा विवाद टुंगो लगाएको बताए।

aagaman July 17, 2023 July 17, 2023
Previous Article साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
Next Article नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?