By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, २९ असार । बाँकेको परसपुर–गौघाट सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक जताततै खाल्डाखुल्डी भएका छन् ।

पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताउनुभयो । “सडकैभरि खाल्डाखुल्डीले वर्खाको पानी भरिएर सडक पोखरीजस्तै भएको छ”, उहाँले भन्नुभयो, “हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे भएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।”

ठेकेदारले कालोपत्र भत्काएर काम अधुरै छाडेपछि सडक अस्तव्यस्त बनेको छ । सडक डिभिजन नेपालगन्जले २०७९ वैशाख २५ गते कन्काई गणपति जेभीसँग रु १३ करोड ४२ लाखमा २०८१ भदौ २५ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म १० प्रतिशत मात्र काम गरेको डिभिजन सडक कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर जनकबहादुर धामीले बताउनुभयो ।

समयमै सक्ने गरी काम गर्न पत्राचार गर्दा काम गर्ने प्रतिबद्धता जनाउने गरे पनि काम नहुने गरेकाले अब पनि काम नगरे कम्पनीलाई पेश्कीस्वरुप दिइएको रकम फिर्ता लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । गौघाट–परसपुर सडकखण्ड दैनिक मानिसको आवातजावत गर्ने चाप भएको सडकमा पर्छ ।

जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ । गौघाट–परसपुर सडकखण्डको स्तरोन्नति हुन नसकेको दशक पुग्न लागिसकेको छ । पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षौँदेखि अलपत्र परेपछि स्थानीयले दैनिक सास्ती भोग्नुपरेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताउनुभयो ।

परसपुर–गौघाट सडक १० किलोमिटर नालीसहित १२ मिटरको कालोपत्र बनाउने गरी काम सुरु भए पनि सम्झौता भएको ११ महिनासम्म १० प्रतिशतमात्रै कार्यप्रगति भएको छ । सडक निर्माण अधुरै भएपछि खजुराका बासिन्दा आक्रोशित छन् ।

“सम्झौता भएको ११ महिनासम्म पनि १० प्रतिशतमात्रै काम भएको छ । यस्तो गतिमा काम भएको खण्डमा बाँकी १३ महिनामा अरु काम हुन्छ भनेर हामीले कसरी विश्वस्त हुने रु”, खजुरा–२ का वडाध्यक्ष धनीराम वलीले भन्नुभयो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले परसपुर–गौघाट सडक नबन्दा दुःख पाएका जनताले दैनिकरूपमा आफूहरूसँग गुनासो सुनाउने गरेको बताउनुभयो । उहाँले उक्त सडक निर्माणका लागि दबाब दिन डिभिजन सडक कार्यालय नेपालगन्जमा पुगेर समेत माग गरिएको उल्लेख गर्नुभयो । “सडक निर्माणको ठेक्का लिने काम नगर्ने प्रवृत्तिदेखि आजित भइसक्यौँ”, उहाँले आक्रोश पोख्नुभयो ।

aagaman July 14, 2023 July 14, 2023
Previous Article पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, ३९ रनमा ६ विकेट गुम्यो
Next Article ‘बगान’ प्रदर्शनमा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?