ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो २८ वर्षपछि कोपा अमेरिकाको उपाधि

0
31

काठमाडौं। दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ ।

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका २०२१ को उपाधि जितेको हो ।खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो ।अर्जेन्टिनाले १५ औं पल्ट कोपा अमेरिकाको उपाधि जितेको हो । योसँगै सबैभन्दा धेरैपल्ट कोपा उपाधि जित्ने उरुग्वेको कीर्तिमान पनि अर्जेन्टिनाले बराबरी गरेको छ ।

सन् १९९३ मा कोपाको उपाधि बिजेता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।

LEAVE A REPLY