प्रधानन्यायाधीशको प्रश्न : बहुमत पुगेछ भनेर अदालतले निर्णय गरिदिनु संवैधानिक हुन्छ?

0
32

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका वकिललाई प्रधानमन्त्री नियुक्तिको लागि अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।

आइतबार सभामुखको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोख्रेललाई उनले यस्तो प्रश्न गरेका हुन्।

 ‘१४६ सांसद अदालत आउनुभएको छ। अब बहुमत पुगेछ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्तिको विषयमा निर्णय गरिदिनु संवैधानिक हुन्छ?’, प्रधानन्यायाधीश राणाले सोधे, ‘७६(५) अनुसार त्यसो गर्न मिल्छ अदालतले?’

जवाफमा अधिवक्ता पोख्रेलले अदालतले नियुक्तिभन्दा पनि संवैधानिक व्याख्या गरिदिनुपर्ने बताए।

त्यसअघि पोख्रेललाई प्रधानन्यायाधीश राणाले पहिले पनि संसद् विघटन बदर गर्दा पनि संसद (प्रतिनिधिसभा)ले सरकार दिन नसकेको भन्दै प्रश्न गरेका थिए।

रिटका विपक्षी सभामुखका तर्फबाट बहसका लागि २ घण्टा समय तोकिएको छ। आइतबार नै टि ब्रेकपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस सुरु गर्नेछन्।

LEAVE A REPLY