यी हुन् युरोकपको फाइनलमा पुग्न इंग्ल्यान्डले पार गर्नुपर्ने चुनौती

0
35

‘इंग्ल्यान्डलाई योभन्दा राम्रो युराेकप जित्ने मौका फेरि आउनेछैन’

जर्मनीमाथि अन्तिम १६ मा २–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएपछि इंग्ल्यान्डका पूर्वकप्तान एलन सेयररले दिएको प्रतिक्रिया हो यो।

समूह ‘डी’को विजेता बनेपछि इंग्ल्यान्डलाई अन्तिम १६ मा फ्रान्स, जर्मनी, पोर्चुगल वा हंगेरी जस्तो बलियो टोलीमध्ये एकसँग खेल्नुपर्छ भन्ने थाहा थियो। जुन टोलीहरु गेरार्थ साउथगेटको टोली इंग्ल्यान्डका लागि अगाडि बढ्ने बाटोका तगारो हुन्थे।

तर अन्तिम १६ बाटै जर्मनी र नेदरल्यान्ड्सपनि बाहिर भइसकेपछि इंग्ल्यान्ड प्रबल उपाधि दाबेदार टोली बनेको छ।

अहिले कागजमा उपाधि दाबेदार मानिएको इंग्ल्यान्डको फाइनल यात्रामा अब को-को तगारो बन्लान् त?

क्वार्टरफाइनल : युक्रेन
क्वार्टरफाइनलमा इंग्ल्यान्डले युक्रेनको सामना गर्ने पक्का भइसकेको छ।

विश्व वरीयताको २४ औँ स्थानमा रहेको युक्रेन इंग्ल्यान्डविरुद्धको अन्तिम तीन खेलमा एक खेलमा पराजित र दुई खेलमा बराबरीमा रोकिएको छ।

२००६ को युराेकपपछि पहिलोपल्ट युक्रेन क्वार्टरफाइनलमा प्रवेश गरेको हो। जारी संस्करणमा स्पेन, पोल्यान्ड र स्लोभाकिया रहेको समूहको विजेता बन्दै स्विडेन अन्तिम १६ मा प्रवेश गरेको थियो।

त्यही स्विडेनलाई अतिरिक्त समयको अन्तिम मिनेटमा आर्टिम डोभब्एिकको निर्णायक गोल मद्दतमा पराजित गर्दै यूक्रेनले इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो।

समूह चरणमा नेदरल्यान्ड्ससँग रोमाञ्चक खेलमा ३–२ ले पराजित भए पनि युक्रेनले नर्थ मेसेडोनियालाई २–१ ले पराजित गर्दै आफ्नो लय फर्काएको थियो। अन्तिम खेलमा अष्ट्रियासँग १–० ले पराजित भएपछि समूह ‘सी’को उत्कृष्ट तेस्रो टोली बन्दै युक्रेनले अन्तिम १६ मा स्विडेनसँगको भेट पक्का गरेको थियो।

इंग्ल्यान्ड र युक्रेन अहिलेसम्म ७ पटक आमनेसामने भएका छन्। जसमा २००९ को फिफा विश्वकपमा मात्रै युक्रेनले इंग्ल्यान्डलाई पराजित गर्न सकेको छ भने बाँकी ६ पटकको नतिजा इंग्ल्यान्डको पक्षमा छ।

सेमिफाइनलमा इंग्ल्यान्डको सामना कोसँग हुनसक्छ?
चेक रिपब्लिक
चेक रिपब्लिकले एक झट्कामा नेदरल्यान्ड्सलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनायो।

फिफा वरीयताको २५औं स्थानमा रहेको टोलीले चेकोस्लोभाकिया हुँदा १९७६ मा युराेकपको उपाधि उचालेको थियो।

समूह चरणमा पनि इंग्ल्यान्ड र चेक रिपब्लिकको भेट भइसकेको छ। जहाँ इंग्ल्यान्डसँग १–० ले पराजित हुँदै चेक समूहको उत्कृष्ट तेस्रो टोली बनेर क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

चेकले क्वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ। २००४ को युराेकपको क्वार्टरफाइनलमा चेकले डेनमार्कलाई ३–० ले हराएको थियो। त्यस्तै नतिजा दोहोरिए चेकले वेम्बली स्टेडियममा हुने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।

चेकसँग इंग्ल्यान्डमा सेमिफाइनल खेलेको अनुभव पनि छ। १९९६ को युराेकप सेमिफाइनलमा फ्रान्सलाई युक्रेनले पेनाल्टीमा पराजित गरेको थियो।

तर फाइनलमा भने ऊ जर्मनीसँग पराजित हुँदै उपाधि विमुख भयो।

डेनमार्क
सेमिफाइनलमा इंग्ल्यान्डले सामना गर्नुपर्ने अर्को सम्भावना बोकेको टोली हो, डेनमार्क। क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई पराजित गरेमा उसले सेमिमा इंग्ल्यान्डको सामना गर्नेछ।

अन्तिम १६ मा वेल्समाथि ४–० को शानदार जित हात पार्दै डेनमार्कले फाइनलमा स्थान बनाएको हो।

डेनमार्कले समूह चरणमा पनि रसियालाई ४–१ गोलअन्तरले पराजित गरेको थियो। त्यसअघिका दुई खेलमा भने फिनल्यान्ड र बेल्जियमसँग डेनमार्क पराजित भएपछि समूह बीको उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

फाइनलमा इंग्ल्यान्डको सामना कोसँग हुनसक्छ?
यदि इंग्ल्यान्ड आफ्नो पहिलो युराेपियन च्याम्पियनसिपको फाइनलमा पुग्छ भने वेम्बली स्टेडियममा कमसेकम ६० हजार दर्शकको उसले समर्थन पाउनेछ।

खेल तथ्यांक विश्लेषक ग्रेसनोटका अनुसार यस प्रतियोगितामा घरेलु समर्थकको प्रभाव राम्रै परेको छ।

फाइनलमा बेल्जियमबाहेक अन्य टोलीविरुद्ध इंग्ल्यान्ड दाबेदार मानिएको छ। बेल्जियमविरुद्ध इंग्ल्यान्डको जित्ने सम्भावना ४८ प्रतिशत रहेको ग्रेसनेटले जनाएको छ।

त्यसबाहेक फाइनलमा स्विट्जरल्यान्ड्ससँग ७०, स्पेनसँग ६१ र इटालीसँग ५७ प्रतिशत इंग्ल्यान्डको जित्ने सम्भावना रहेको तथ्यांक विश्लेषण गरिएको छ।

LEAVE A REPLY