युरोकप क्वाटरफाइनल समिकरण पुरा, कसले को पाए प्रतिद्वन्दी ?

0
31

काठमाडौं । मंगलबार राति भएका अन्तिम खेलसँगै युरोकप अन्तर्गतको क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

फ्रान्स, पोर्चुगलजस्ता उपाधि दावेदार बाहिरिएको युरोमा मंगलबार राति तुलनात्मकरुपमा बलिया मानिएका जर्मनी र स्विडेन पनि बाहिरिएका छन् ।

मंगलबार राति भएको खेलमा जर्मनीलाई इग्ल्याण्डले २–० ले र स्विडेनलाई युक्रेनले २–१ ले हराएसँगै क्वाटरफाईनल समिकरण पुरा भएको हो ।

कसले को पाए प्रतिद्वन्दी ?

यसपटकको युरोकपमा बलिया मानिएका केही टोलीहरु घर फर्किएसँगै कमजोर मानिएका केही देशहरुले निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।

फ्रान्सलाई सनसनीपुर्ण हराएको स्विट्जरल्याण्ड होस् वा नेदरल्याण्डलाई हराएको चेक रिपब्लिक नै कमजोर मानिएका टोलीहरु प्रतिष्पर्धामा आईरहदा बेल्जियम, डेनमार्क, स्पेन, इग्याण्ड तथा इटली जस्ता बलिया टोलीहरु पनि सँगै छन् । तर बेल्जियम र इटलीमध्य एक टोली बाहिरिने समिकरणले बाँकी टोलीलाई सहज बनाउनेछ ।

शुक्रबार रातिदेखि हुने क्वाटरफाईनल खेलमा स्पेनले स्विट्जरल्याण्ड, बेल्जीयमले इटली, डेनमार्कले चेक रिपब्लिक र इंग्लयाण्डले युक्रेन प्रतिद्वन्दी पाएका छन् ।
शुक्रबार र शनिबार राति यि खेलहरु हुनेछन् ।

LEAVE A REPLY