संसदको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयो- सभामुख सापकोटा

0
12

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् । मंगलबार बानेश्वरस्थित संसद् भवनमा सम्पादकहरूसँग छलफल गर्दै उनले शीतलनिवासले अदालतको फैसलाको समेत उल्लंघन गर्दै संसद्को अधिकार अपहरण गरेको बताएका हुन् ।

सापकोटाले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताए । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।

‘संसद् विघटनको पूर्णपाठसमेत नआउँदै राष्ट्रपति कार्यालयबाट दोस्रो पटक संसद् विघटन स्वीकृत भयो । संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको छ’ उनले भने  ‘संविधानमाथि एकपछि अर्को बलमिच्याइँ हुन थाल्यो । माइतीघर मण्डलामा वृद्धअवस्था भएका मानिससमेत आन्दोलनमा आए ।’

LEAVE A REPLY