कांग्रेस प्रवेश गरेका सुनिल थापा समूहले पाए ५५ जना महाधिवेशन प्रतिनिधि

0
13

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी पार्टी प्रेवश गरेका सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य दिएको छ ।

केन्द्रीय समितिको निर्णयअनुसार थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

जसमा पूर्वमन्त्री समेत रहेका सह–महामन्त्री थापासहित १० जना कांग्रेस केन्द्रीय समिति सदस्य छन् । कांग्रेसमा विधान अनुसार केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । बाँकी ४५ जनाको हकमा १४ औं महाधिवेशनमा सहभागी हुन महासमिति सदस्य रहेको वडाबाट निर्वाचित भएर आउनु पर्ने मुख्य सचिव पौडेले बताएका छन् ।

LEAVE A REPLY