बीमा कम्पनीको लाइसेन्स लिनलाइ ६ कम्पनी दौडधुप गर्दै

0
19

 काठमाडौं । नयाँ ६ समूहले बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप गरिरहेका छन् । यसअघि मात्रै नियामक निकाय बिमा समितिले हिमालयन रिइन्स्यारेन्सलाई सञ्चालन अनुमति दिने निर्णय गरेको थियो ।

त्यसपछि अहिले बिमा कम्पनीका लागि समेत लाइसेन्स पाउन सकिने सम्भावना देखिएकोले दौडधुप भएको देखिएको छ । जसमा निर्जिवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि बिमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, बिमा कम्पनीका पुराना सीईओ रमेश भट्टराईका साथै अन्य केही व्यापारिक घरानाका व्यक्तिहरु लगायतले नयाँ बिमा कम्पनीका लागि दौडधुप शुरु गरेका छन् ।

यी कार्की र भट्टराई दुबै जनाले पुनर्बिमा कम्पनीका लागि आवेदन दिएर पनि लाइसेन्स पाउन सकेका भने थिएनन् । तर,अहिले कार्कीले अभियान जनरल इन्स्यारेन्स कम्पनी र भट्टराईले महालक्ष्मी जनरल इन्स्यारेन्सको नाममा कागजात तयार गर्दै गरेको बताएका छन् ।

त्यस्तै, केही व्यापारिक व्यक्तिहरुले मनकामना जनरल इन्स्योरेन्स, स्ट्याण्र्डड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स र काठमाडौं जनरल इस्योरेन्सका नाममा लाइसेन्सका लागि तयारी गरिएको जानकारी भएको छ । जसमध्य प्रस्तावित युनी लाइफमा भने वन तथा वातावरण मन्त्री नारणमूनी रानाले समेत संस्थापक सेयरका लागि फारम भरेको बुझिएको छ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अहिले पनि लाइसेन्स बन्द नै रहेको बताएका छन् ।साथै उनले अहिले नयाँ लाइसेन्सका लागि आवेदन समेत नलिने बताए । तत्कालीन अध्यक्ष चिरञ्जीवि चापागाईंको पालामा १९ वटा बिमा कम्पनीहरुले लाइसेन्स पाएका थिए । त्यसपछि संख्या धेरै भएको भन्दै लाइसेन्स बन्द गरिएको थियो ।

तर, बिमा समितिले सुटुक्क केही कम्पनीहरुलाई लाइसेन्स दिन सक्ने सम्भावना देखिएकाले ६ वटा समूहले तयारी गरेइरहेको
बताइएको छ।

LEAVE A REPLY