आज संवैधानिक इजलासमा सुनुवाई हुँदै

0
28

काठमाडौं ।  गिट्टी बालुवा निकासी तथा उत्खनन् विरुद्धका रिटमा सर्वोच्च अदालत संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको जनाइएको छ ।

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा व्यापार घाटा कम गर्न बालुवा गिट्टी, ढुंगा उत्खनन् र निकासी गर्ने कार्यक्रम राखेको थियो । त्यो कार्यक्रमले चुरे विनास गर्ने र तराई मधेसको सभ्यतासँगै उत्पादनशील जमिनसमेत सखाप पार्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले सातवटा रिट दायर गरेको जनाइएको छ ।

त्यस्तै, वरिष्ठ अधिवक्ता त्रिपाठीका अतिरिक्त चुरे उत्खनन् विरुद्ध अधिवक्ताहरु शैलेन्द्रप्रसाद अम्बेटकर, रामबहादुर शाही, डा। पुन्यप्रसाद खतिवडा, हरिराम लवजु, विक्रम नगरकोटी तथा नेपालका लागि नेपाली पार्टीका तर्फबाट अधिवक्ता अतिस कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको जनाइएको छ ।

LEAVE A REPLY