भदौमा हुने १४ औं केन्द्रीय महाधिवेशनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

0
49

काठमाडौं। भदौमा हुने १४ औं केन्द्रीय महाधिवेशनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा बिहीबार दिउँसो २ बजे बस्न लागेको बैठकमा यस अघि संशोधन भएको महाधिवेशन कार्यतालिका अनुमोदन, महाधिवेशन सम्पन्न गर्न आवश्यक वैकल्पिक उपाय तथा क्रियशील सदस्यताको विषयमा आवश्यक निर्णय गरिने सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

कोरोना महामारी र क्रियाशील सदस्यताको विवादको कारण निर्धारित समायमा महाधिवेशन हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गरेको थियो । नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ।

क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ।

नयाँ कार्यतालिका अनुसार  वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ। गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रीय अधिवेशन साउन २० गते गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ। यस्तै, जिल्ला अधिवेशन निर्वाचन क्षेत्रको आधारमा साउन २० र २४ गते हुनेछ।

संशोधित तालिकाअनुसार प्रदेश समितिहरूको अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ भने महाधिवेशनको मिति भदौ १६–१९ गतेसम्म प्रस्ताव गरिएको छ।

LEAVE A REPLY