जल तथा मौसम  विज्ञान विभागले देशका अधिकांश स्थानहरुमा भारी वर्षा हुने सम्भावना

0
25

काठमाडौं । जल तथा मौसम  विज्ञान विभागले देशका अधिकांश स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही दिन यता भारी  वर्षाका कारण पहाडी भूभागमा वितण्डता मच्चाइरहेको मनसुनले प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको केही भू–भागमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा जानकारी गराएको छ ।

गत हप्ता नेपाल प्रवेश गरेको सनसुन अहिले देशभर सक्रिय भइरहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको विभागले जनाएको छ ।

मंगलबार राति र बुधवार परेको अत्याधिक वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका हेलम्बु र मेलम्ची बाजारमा बाढी पस्दा सायौं वेपत्ता र लाखौंको क्षति भएको छ ।

 

LEAVE A REPLY