पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

0
37

सिजनखबर : २२ जेठ काठमाडौं । देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ को पहाडी भू-भाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

शनिबार बिहान जारी मौसम बुलेटिनमा दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको छ।

LEAVE A REPLY