संसद्को विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्‍त्रिक कदम : महामन्त्री कोइराला

0
46

सिजनखबर : ८ जेठ काठमाडौं । नपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मध्यरातमा संसद्को विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्‍त्रिक कदम भएको बताएका छन्। उनले जनमतमाथि गम्भीर कुठराघात भएको बताएका छन्।

महामन्‍त्री कोइरालाले शनिबार विज्ञप्ती जारी गर्दै भनेका छन्,‘प्रधानमन्त्री र मन्त्रिपरिषदको सिफारिसमा गैरसंवैधानिक तवरले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको विज्ञप्तिको विरोध गरी देशलाई अन्यौलतातर्फ जानुबाट बचाउन र संविधानको रक्षा गर्न सबैमा अपिल गर्दछु।’

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु संविधानमाथि जालसाजी भएको उनको भनाइ छ।

सभापति शेरबहादुर देउवाका पक्षमा १४९ जना सांसदहरूको हस्ताक्षर पेस भइसकेको र संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु गलत भएको उनले बताएका छन्। उनले कोरोना महामारीका बेला मुलुकलाई गैरसंवैधानिक तवरबाट निर्वाचनमा धकेलेर द्वन्द्व निम्त्याउन खोजेको उल्लेख गरेका छन्।

LEAVE A REPLY