सौगात मन्टेश्वरी स्कुलको अभिभावकद्वारा योमरी पकाउने कार्यक्रम सम्पन्न

0
111

सिजनखबर : ४ जेठ , सौगात मन्टेश्वरी स्कुलको Virtual Cooking Class by Parents ( अभिभावकद्वारा योमरी पकाउने कार्यक्रम) सम्पन्न

कीर्तिपुर नगरपालिका -२ मैत्रीनगर स्थित सौगात मन्टेश्वरी स्कुलले यस बर्ष ISA ( International School Award) Project ” Sat Gaule Jatra – 20% Local Curriculum” मा धेरै क्रियाकलाप गरेको छ । यस अन्तर्गत अभिभावकद्वारा सात गाऊले जात्रा को प्रमुख खाना योमरी: एउटा प्रख्यात नेवारी खाना पकाउने बिधी पनि समावेश गरेको छ। जसमा नेवार समुदायको अभिभावकलाई सक्रिय बनाई कार्यक्रमलाई अनलाइन मार्फत नै आज सप्पन्न गरिएको छ। यस कार्यक्रममा कक्षा ३ मा नै आध्ययनरत बिद्यार्थी Shamistha Maharjan को अभिभावक सपना सिंह साथै सम्पूर्ण परिवारको सहयोगद्वारा कक्षा ३ का बिद्यार्थीहरुलाई प्रख्यात खाना योमरी बनाउने बिधि बिस्तारमा वर्णन गरि देखाउनु भएको थियो । आफ्नो प्रस्तुती सहित परिवारजन, सम्पूर्ण बिद्यार्थी भाईबहिनीहरु सौगात स्कुलका प्रिन्सिपल राज्यलक्ष्मी बैदार, सौगात स्कुलका संयोजक तथा ISA Coordinator प्रबिता माकजु , र कक्षा शिक्षीका सन्जु शर्मा को उपस्थिति रहेको थियो ।
यस कार्यक्रमले विशेषत: नानीहरुलाई विभिन्न नेवारी खाना मध्य एक प्रख्यात खाना योमरी भनेको के हो, यो कसरी बनाइन्छ र हामीले हाम्रो पुर्खा देखी चलीआएको रितिरिवाज कसरी बचाईराख्नु पर्छ भन्ने कुरा प्रस्ट पारेको थियो। Virtual Cooking Class by Parents ( अभिभावकद्वारा योमरी पकाउने कार्यक्रम) यसै कार्यक्रम भित्रको एउटा एकाई हो। यो वर्ष कोभिड-१९ को बावजुद पनि अभिभावकले आफ्नो बहुमूल्य समय निकाली हाम्रो नानीहरुलाई खाना बनाऊने बिधी प्रस्ट पार्दा हाम्रा बिद्यार्थी भाइ बहिनीहरु तथा साथमा बसेर हेरिरहनु हुने अभिभावकहरु सान्चिकै यो कार्यक्रम बाट कसरी यमरी बनाउन सकिन्दो रहेछ भनेर लाभान्वित हुनु भएकालेे खुशी देखिन्थे / अनलाईन मार्फत भएता पनि कार्यक्रम निकै सफल तरिकाले सम्पन्न भएको जानकारी राज्य लक्ष्मी ज्यूले गराउनु भएको छ।

LEAVE A REPLY