सौगात मन्टेश्वरी स्कुलको कफी हाउस कार्यक्रम सम्पन्न

0
301

सिजनखबर : ३ जेठ  काठमाडौं ।  सौगात मन्टेश्वरी स्कुलको कफी हाउस कार्यक्रम ( पुस्तक बिमोचन कार्यक्रम) सम्पन्न

कीर्तिपुर नगरपालिका -२ मैत्रीनगर स्थित सौगात मन्टेश्वरी स्कुलले हरेक बर्ष कक्षा १ देखि माथिका बिद्यार्थीहरुका लागि बाल साहित्यक महोत्सव गर्दै आइरहेको छ। जस अन्तर्गत बिद्यार्थीहरुले नेपाली र अंग्रेजी भाषामा आफूले गरेका विभिन्न लेखन क्रियाकलापहरू literature activities प्रदर्शन गर्ने गर्दछन। यो बर्ष सौगात मन्टेश्वरी स्कुलले बाल साहित्यक महोत्सव ISA ( International School Award) Project ” I am a Writer” अन्तर्गत समावेश गरेको छ। यो परियोजना सौगात मन्टेश्वरी स्कुल र किर्तिपुर स्थित जनसेवा माध्यामिक बिद्यालयसंग समन्वय गरेको छ। जसमा दुवै स्कुलका बिद्यार्थीहरुलाई संलग्न गरि यो कार्यक्रम अनलाईन मार्फतनै अर्को हप्ता सम्पन्न गरिने छ भने त्यस अन्तर्गतको एक बिधा कफी हाउस कार्यक्रम ( पुस्तक बिमोचन कार्यक्रम) अनलाइन मार्फत नै सप्पन्न गरिएको छ। आफ्नो कथा सहित दुवै स्कुलका होनाहार बिद्यार्थी लगायत सौगात स्कुलका प्रिन्सिपल राज्यलक्ष्मी बैदार,
सौगात स्कुलका संयोजक तथा ISA Coordinator प्रबिता माकजु , दुवै स्कुलका शिक्षिकाहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको अथिति पूर्व एकाई प्रमुख , शिक्षा विकास तथा समन्वय एकाई ओखलढुंगाका दामोदर रेग्मी हुनुहुन्थ्यो। यस कार्यक्रमले विशेषत: नानीहरुलाई विभिन्न कितावहरु पढी त्यसको सारांस गर्न, त्यहाँबाट नैतिक शिक्षा आर्जन गर्न लगायत आफ्नै कल्पनाको कथा रचना गर्न प्रेरित गर्ने भएकोले यो कार्यक्रम नानीहरुको काल्पनिक तथा भाषागत विकासको लागि एकदमै महत्वपुर्ण भएको जानकारी स्कुलका प्रिन्सिपल राज्य लक्ष्मी बैदारले दिनुभएको छ। कफी हाउस कार्यक्रम ( पुस्तक विमोचन कार्यक्रम) यसै कार्यक्रम भित्रको एउटा एकाई हो। नानीहरुले कफी हाउस कार्यक्रममा आफैले रचना र चित्रण गरेका विभिन्न नेपाली तथा अंगेजी भाषाका कथाहरु लेखक बनेर पुस्तक बिमोचन कार्यक्रम सप्पन्न गरेको छ । यो वर्ष कोभिड-१९ को बावजुद पनि नानीहरुले आफ्ना सुन्दर कथाहरु रचना गरेर पुस्तक विमोचन गर्न पाउँदा दुबै स्कुलका भाइ बहिनी सान्चिकै हर्सित देखिन्थे / अनलाईन मार्फत भएता पनि कार्यक्रम सभ्य र भब्य भएको जानकारी राज्य लक्ष्मी ज्यूले गराउनु भएको छ।

LEAVE A REPLY