फलाम जस्तो लाग्थ्यो शरीर, पहाड फोड्छु जस्तो लाग्थ्यो तर कोरोनाले गलायोः मदनकृष्ण

0
89

कोरोना भाइरसबाट संक्रमित बनेपछि ९ दिन अगाडि मेडिसिटी अस्पताल भर्ना भएका चर्चित हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ अहिले अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोनालाई जितेर शुक्रबार साँझ आफू ८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको मदनकृष्णले सामाजिक संजाल फेसबुकमा जानकारी दिएका हुन्।

सो क्रममा उनले कोरोनाबाट सतर्क बनौं भन्दै एउटा भिडिओ सार्वजनिक गरेका छन्।

जहाँ उनले कोरोना भाइरस खतरनाक भएको र यसबाट जोगिन सावधानी अपनाउनुपर्ने उल्लेख गरेका छन्।

भिडिओ सन्देशमा उनले भनेका छन्,‘केही हैन रैछ जिन्दगी, पहिले शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोड्छु जस्तो लाग्थ्यो तर हावा रैछ जिन्दगी।’

कोरोनाले मानिसलाई गलाउने र यसले ज्यानै लिनसक्ने भएकाले मास्क लगाउनु पर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नु पर्ने साथै व्यक्ति–व्यक्तिबीचको दुरी कायम गरिनुपर्ने उनको भनाइ छ।

उनले कोरोना महामारीको बेलामा राजनीतिक तथा अन्य पूर्वाग्रह नराख्न पनि आग्रह गरेका छन्।

दुई दिनको जिन्दगीमा सबैको भलो सोचेर जीवन खुशी साथ बाँच्नुपर्ने उनको भनाइ छ।

गत वैशाख ६ गते मदनकृष्णले परिवारका पाँच जनामा कोरोना देखिएको बताएका थिए।

LEAVE A REPLY