27.1 C
Kathmandu
Friday, July 30, 2021
२१ औ शताब्दीमा पनि अझै समाजमा तल्लो जात र माथिल्लो जातबिचको जातीय...

२१ औ शताब्दीमा पनि अझै समाजमा तल्लो जात र माथिल्लो जातबिचको जातीय भेदभावको खाडल कस्तो छ भन्ने प्रष्टयाए

0
154

गत शनिबार रुकुम पश्चिममा मानवसभ्यतालाई नै लज्जित तुल्याउने कहाली लाग्दो घटना घट्यो ! अन्तरजातीय प्रेम सम्बन्धकै कारण दलित युवाको वीभत्स हत्या भयो, जो शब्दमा बयानै गर्न नसकिने मानवताविरुद्धको दण्डनीय अपराध हो । आजको सभ्य भनाउँदो युगमा जाजरकोटका नवराज विश्वकर्माले माथिल्लो जातकी युवतीसँग प्रेमगरेकै कारण बर्बर मृत्युवरण गर्नुपरेको छ । आफ्नी प्रेमिकालाई विवाह गर्न गएका ती युवा र तिनको समूहलाई  केटी पक्षको सिंगो गाउँलेले नै ढुंगामुढा र कुटपीट गरेर, लखेटी लखेटीनिर्मम र पाशविक रूपले हत्या गरी प्रेमको बदलामा ज्यान नै लिएका छन् । दुलही लिन गएका दुलाहा र उनलाई साथ दिन गएका उनका साथीहरु टीकाराम सुनार, गणेश बुढाको पनि हत्या गर्नु र अन्य तीनजनाको स्थिति अझै अज्ञात रहेको घटनाले यतिखेर त्यो समाचार हेर्ने पढने र सुन्ने सवैलाई स्तब्ध बनाएको छ ।

अन्तरजातीय प्रेम प्रसंगले घटाएको यो घटना हेर्दा २१ औ शताब्दीमा पनि अझै समाजमा तल्लो जात र माथिल्लो जातबिचको जातीय भेदभावको खाडल कस्तो छ भन्ने प्रष्टयाएको छ ।

घटनालाई दुबैतर्फबाट अध्ययन अनुसन्धान गर्ने हो भने विवाह गर्ने तयारीमा रहेका केटाकेटी दुवैको परिवारलाई उनीहरुको प्रेमका वारेमा जानकार रहेको बुझिन्छ । माथिल्लो जातकी भनिएकी केटी पक्षबाट सहमतिमा विवाहका लागि स्वीकृति नमिल्ने देखेरनै केटाले भगाउने योजनामा साथीभाइ लिएर गएको अनुमान लगाउन सकिन्छ । तर केटीपक्षबाट हत्याजस्तो जघन्य अपराध गर्न पुगेको देखिन्छ ।

आफुलाई मन नपरेपछि मेरी छोरी दिन्न भन्न पाइन्छ र उनीहरुबीच असहमति भए सम्झाइ बुझाइ निष्कर्षमा पुग्न सकिन्छ तर मान्छे मार्न पाइँदैन । अझ ढुङ्गाले हानेर लखेटी लखेटी आफना सन्तानलाई मारेको खवर एउटी आमाले कसरी सुन्न सक्छिन् । दलित भएकै कारण उनीहरुले दुलहा हुनेलाईमात्र होइन, उनका साथीहरुले पनि अनाहकमा ज्यान गुमाउनु परेको छ । कथित माथिल्लो जातको घमण्डकै कारण उनीहरुले जुन तल्लो भन्दापनि तल्लो स्तरको व्यवहार मात्र होइन बर्बर हत्या गरे, यसमा संलग्न जो कोही पनि कडाभन्दा कडा सजायको भागिदार हुनैपर्दछ ।

समाजमा जातीय विभेदको स्थितिलाई निर्मूल पार्न व्यवस्था गरिएको नेपालको संविधानले छुवाछुत तथा भेदभाव विरुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा अन्तराष्ट्रिय महासन्धि विपरित छ । तरपनि अझै समाजमा यस्ता कुरीतिमा जरो गाँडेर बसेको जातीयता भेदभावका कारण धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ । यस्ता घटनाकति सार्वजनिक हुन्छन्, कति भित्रभित्रै गुपचुप हुने गरेकापनि होलान् तर मानवताविरुद्ध दण्डनीय अपराध गर्ने जो कोही लाई हदैसम्मको कारबाही गर्न सकेमात्रै आगामी दिनमा यस्ता घटना दोहोर्याउने हिम्मत कसैले गर्नसक्दैनन्, यसतर्फ राज्यको ध्यान जाओस् ।।

LEAVE A REPLY