सिजन खबर-माघ १८ बज्र समूह (Bajra Group) अन्तर्गत सञ्चालनमा रहेको EV Nepal Motors Pvt. Ltd. ले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएको जानकारी गराउन चाहन्छ। सन् १९९१ देखि ग्राहक बर्ग लाई स्थापित बज्र समूहले विगत तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वसनीय व्यवसायिक पहिचान निर्माण गर्दै आएको छ।बज्र समूहले हाल यस EV Nepal Motors Pvt. Ltd. नारायणचौर, नक्सालमा मुख्य शोरुम रहेको र देशको विभिन्न मुख्य शहरमा LVNENG ब्रान्ड का आधुनिक तथा वातावरणमैत्री विद्युतीय सवारी साधनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।बज्र ग्रुपले विद्युतीय सवारी साधन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै नयाँ LVNENG ब्रान्डका इलेक्ट्रिक स्कुटर मोडलहरू X1, X2, NCS र T05 , यहि माघ १६ गते, शुक्रबार, दिउसो २ नक्सालस्थित ईभी नेपाल मोटर्सको शोरुममा विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक भएको छ । यी सवारी साधनहरू अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार निर्माण गरिएका छन् र दिगो, सुरक्षित तथा किफायती यातायात समाधान प्रदान गर्ने उद्देश्यले बजारमा ल्याइएका हुन्।

कम्पनीका अनुसार, विद्युतीय सवारी साधनहरूमा Graphene Technology को प्रयोग गरिएको छ, जसले ब्याट्रीको कार्यक्षमता, दीर्घायु तथा छिटो चार्ज हुने क्षमतालाई सुनिश्चित गर्दछ। यस पहलले “Green City, Clean City” अभियानलाई आत्मसात गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
कम्पनिले सार्वजनिक गरेको Lvneng स्कुटर को नयाँ मोडेको को मूल्य निम्न अनुसार रहको बताएको छ, जसमा T05 – रु. 1,49,000/- देखि, X2 – रु. 1,69,000/, X1 – रु. 1,89,000/- र NCS (High Variant) – रु. 2,35,000/- सम्म रहेको र ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत, मात्र रु. 999/- मा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ, र बुकिङ गर्ने ग्राहकहरूले रु. 9,999/- सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
EV Nepal Motors Pvt. Ltd. ले ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले ललितपुरको धोलााहिती मा अत्याधुनिक Service Center सञ्चालनमा ल्याएको छ, जहाँ विद्युतीय सवारीहरूको नियमित मर्मतसम्भार, सर्भिसिङ तथा स्पेयर पार्ट्स किफायती मूल्यमा उपलब्ध गराइँदै आएको छ। कम्पनीले बिक्रीपछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम सञ्चालन खर्च, वातावरणमैत्री प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट परफर्मेन्सका कारण यी स्कुटरहरू नेपाली उपभोक्ताका लागि उपयुक्त विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकहरूले स्कुटर क्यास, फाइनान्स तथा एक्सचेन्ज सुविधा मार्फत खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
EV Nepal Motors Pvt. Ltd. ले नेपालभर विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्दै स्वच्छ, सुरक्षित तथा किफायती यातायात प्रणाली विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ। कम्पनीले आगामी दिनहरूमा आफ्नो बिक्री तथा सेवा सञ्जाल थप विस्तार गर्ने योजना समेत अघि सारेको छ।