काठमाडौँ चैत्र १८। नेपाली बजारमा सोमबार सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ। आइतबारको तुलनामा १ हजार १०० रुपैयाँ बढ्दै सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो। जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।