By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्यमनोरन्जन

दयाहाङको मुख्य भूमिका रहने ‘मितज्यू’बाट नेपाली सिनेमामा डेव्यु गर्दै तेरिया

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं  २८ । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन्।

भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन्।

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन्। उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ।

नेपाली दर्शक तेरियालाई नेपाली सिनेमामा अभिनय गरेको हेर्न चाहन्थे। उनले समाजिक सञ्जालमा पोस्ट गर्न तस्वीमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ। उनले नेपाली सिनेमा ‘मितज्यू’मा अभिनय गर्ने कन्र्फम भएसँगै यो सिनेमा दर्शकको प्रतिक्षामा रहनेछ।

जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाहाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। उनीहरुले यसअघि यसवर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’मा काम गरेका थिए । गत असार २८ गते प्रदर्शकमा आएको सिनेमाले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ। अर्को वर्षको छायांकन हुने सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को–को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन।

आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्।

Season Khabar March 12, 2025 March 12, 2025
Previous Article नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने
Next Article “व्यापार युद्ध तीव्र हुँदै गएको छ किनकि ट्रम्पका धातु शुल्कहरू लागू भएका छन्।”
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?