By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीतिसमाचार

मन्त्री यादवको अभिव्यक्ति प्रति पत्रकार संगठनहरुको आपत्ति

Season Khabar
Share
SHARE
Ad imageAd image

जनकपुर २१ । नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता एवं मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले जनकपुरधामका पत्रकारहरुलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति धनुषालगायत मधेश प्रदशेका विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री यादवले पत्रकारहरुले आफूलाई फोन गरेर योजना र ठेक्का दिन दबाब दिने गरेको सुनाएका थिए। मन्त्री यादवको सोही अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विभिन्न पत्रकार संगठनहरुले छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन्।

पत्रकारहरुलाई योजना र विज्ञापन नदिए गलत लेखिदिने भन्ने अभिव्यक्तिले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको भन्दै प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिले आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ । प्रेस मञ्च मधेश प्रदेशका उपाध्यक्ष रामहृदय यादवले विज्ञप्ति जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्ति राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकार र पत्रकारिता पेशाप्रति प्रेस स्वतन्त्रताको मानमर्दन गरेको र प्रेस स्वतन्त्रताविरुद्धको कार्य गरेको भन्दै खेद प्रकट गरेको छ।

सार्वजनिक पदमा रहेको व्यक्तिले प्रेस स्वतन्त्रताको मर्मविपरीत, प्रेसमाथि दबाब सिर्जना गर्ने वा धम्की दिने कार्य नन्दनीय रहेको मञ्चले जनाएको छ। साथै मन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्टता दिनुको साथै भविष्यमा यस्ता कुनै पनि गतिविधि नदोहोर्याउने प्रतिज्ञा गर्न मांग गरिएको छ।

त्यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति र धनुषाका सचिव बटुकनाथ झाले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरी अभिव्यक्ति सच्याउन माग गरेका छन्।

Season Khabar March 5, 2025 March 5, 2025
Previous Article मानव अधिकारको रक्षा र मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ :प्रधानमन्त्री ओली
Next Article युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?