By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
पर्यटन तथा यात्रा

पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना

aagaman
Share
SHARE
Ad imageAd image

दाङ, १४ चैत । बबई नदीबाट करिब १० मिटर पूर्वमा छ पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४५ फिट उचाइबाट झर्ने झरनाको पानी बबई नदीमै मिसिन्छ । झरनाको मनमोहक दृश्यले गर्दा आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

पहिले यस झरनाबारे कुनै चासो थिएन । हाल आएर सामाजिक सञ्जालबाट प्रचार हुन थालेपछि दैनिक पर्यटकको भीड लाग्न थालेको छ । झरनामा पुग्ने जो कोही एकैपटकमा झरनाको आकर्षणबाट मोहित हुने स्थानीयको भनाइ छ ।

बढ्दो गर्मीयामसँगै झरनाको फेदीमा सेल्फी खिच्ने र पौडी खेल्नेको सङ्ख्या बढेको छ । दाङ र अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेको झरनामा पार्किङ व्यवस्थापनका लागि बबई गाउँपालिकाले खटाएको कर्मचारी कुलबहादुर बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार दैनिक तीनदेखि चार सयसम्म आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान आउने गर्छन् ।

बिदाको दिन झरनाको अवलोकन गर्न आउनेको सङ्ख्या बढी हुने गर्छ । उहाँका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइलको रु ३०, कार तथा जिपको रु दुई सय र बसको शुल्क रु दुई सय ५० निर्धारण गरिएको छ ।

पहिले झरनामा कर्मचारीको व्यवस्था थिएन । अहिले झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि कर्मचारीको व्यवस्था गरिएको छ । सवारी पार्किङ शुल्कको आम्दानीले कर्मचारी व्यवस्थापन र पूर्वाधार निर्माणमा सहयोग पुगेको छ । झरनाको अवलोकन गर्न तुलसीपुरबाट पहिलोपटक आउनुभएका २५ वर्षीय श्याम चौधरीले झरना आकर्षक भएको बताउनुभयो । “यति राम्रो झरना होला भनेर सोचेको पनि थिइन”, उहाँले भन्नुभयो, “यसलाई अझै व्यवस्थित रूपमा संरक्षण गरी वरपरको वातावरण सफा राख्नुपर्छ ।”

अर्का आन्तरिक पर्यटक तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी राधा रजौरेले झरना संरक्षण तथा संवद्र्धन गरी भौतिक पूर्वाधार निर्माण गर्न सके पश्चिम दाङको मुहार फेरिने बताउनुभयो । दङ्गीशरण गाउँपालिका–३ का ओमभक्त चौधरीले दश वर्षअघि पञ्चकुलेबाट ६ घण्टा पैदल हिँडेर झरना हेर्न आएकामा अहिले गाडी चढेर आउन पाउँदा खुसी लागेको बताउनुभयो ।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट आठ किमी दक्षिणपश्चिममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की बनाउन सके बाह्रै महिना पर्यटक ल्याउन सकिने स्थानीयको भनाइ छ । झरना वरपर कुनै बस्ती छैन । सयौँ वर्षको इतिहास बोकेको सो झरना क्षेत्रमा पहिले घनघोर जङ्गल र जङ्गलको बीचमा सानो बाटो थियो । स्थानीयबासी गाईवस्तु चराउन, घाँस दाउरा काट्न झरना आसपासमा गोठ बनाएर बस्थे । गोठमा बस्नेले झरना रहेको पत्ता लगाएका थिए ।

झरनादेखि एक सय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर छ । त्यस मन्दिरमा शिवरात्रिमा ठूलो मेला लाग्ने गर्दछ । झरनासँगै जोडेर पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चराचुरुङ्गी र जीवजन्तु अवलोकन गराउन सके आन्तरिक तथा बाह्य पर्यटक थप आकर्षित गराउन सकिने यहाँ आइपुगेका पर्यटक बताउँछन् ।

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरनाको विकासका लागि गुरुयोजना बनाई पूर्वाधार निर्माणको काम थालिएको बताउनुभयो । उहाँले झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल भइरहेको बताउनुभयो । रासस

aagaman March 27, 2024 March 27, 2024
Previous Article यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी हुँदा ६ करोड बढीको क्षती
Next Article सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै सांसद बडूले गरे प्रश्न
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?