By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

प्रधानाध्यापकद्वारा एसइईको परीक्षा केन्द्र खर्च भन्दै अबैध रकम असुलि

aagaman
Share
SHARE
Ad imageAd image

सिरहा, १० चैत। सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि गरेको पाइएको छ।

अर्नामा गाउँपालिका-२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रति विद्यार्थी एक हजार देखि पाँच हजारसम्म परीक्षा केन्द्र खर्च असुल गरेको पाइएको हो।

परीक्षाको प्रवेशपत्र लिन पुगेका विद्यार्थीहरुसँग प्रधानाध्यापक यादवले परीक्षा खर्च बापत एक हजार देखि पाँच हजार सम्म लिएर प्रवेश पत्र दिइएको विद्यार्थीहरुले बताए। प्रवेशपत्र लिन गएका विद्यार्थीले हामीले तिर्नुपर्ने सवै रकम तिरिसकेका छौं। अब के को पैसा चाहिएको हो ? भनि प्रधानाध्यापकलाई सोध्दा प्रधानाध्यापकले परीक्षा खर्च चाहिन्छ भन्दै हजार रुपैयाँको दरले असुलेको उनीहरुले बताए।

प्रधानाध्यापक यादवले परीक्षा खर्चको नाममा रकम लिनै नमिल्ने जिकिर गरेपनि आफैले विद्यार्थीले तिर्नुपर्ने रकम बाँकी रहेकाहरुसँग लिएको हुन सक्ने बताए। बिद्यार्थीहरुबाट रकम आफ्नो नामको खातामा किन हाल्न लाउनु भयो ? भनि प्रश्न गर्दा प्रधानाध्यापक यादव अलमलिंदै यस विषयमा भेटेरै कुरा गरौंला भन्दै फोन काटे।

यस विद्यालयबाट यो पटकको एसईई परीक्षामा ७६ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक यादवले जानकारी दिए। यो विद्यालयको परीक्षा केन्द्र विष्णुपुर गाउँ पालिकाको गौरीपुर माध्यमिक विद्यालयमा परेको छ।

संस्थागत विद्यालयहरुले विद्यार्थीबाट सेन्टरखर्चको नाममा रकम लिने गरेको चर्चा पहिला देखि नै चल्दै आएको हो। यस पटक सामुदायिक विद्यलयले पनि परीक्षा केन्द्र खर्चको नाममा विद्यार्थीसँग अनाधिकृत रकम असुलि गरेको खुलेको छ।

aagaman March 23, 2024 March 23, 2024
Previous Article भारतीय रुपया अहिलेसम्मकै बढी
Next Article मस्को आक्रमणमा संलग्न दुई संदिग्ध पक्राउ
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?