By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

संसद बन्द गरेर सभामुखको सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १० चैत । देशमा आर्थिक संकट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरु हुने गरेको देखिन्छ ।

यसैबीच सभामुख देवराज घिमिरेले संसद बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय चर्चामा रहेको छ ।

चैत्र ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड तर्फ लागेका छन् ।

चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरेसँग संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार स्वीट्जरल्याण्ड पुगेका छन् । यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत भ्रमण टिममा सहभागी रहेका छन् । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यसमा रोचक कुरा के छ भने यसका लागि संसद नै बन्द गरिएको छ । चैत्र ७ गते बसेको प्रतिनिधिसभाको बैठक अब चैत्र १८ गते बस्ने गरि तोकिएको छ । अहिले देशमा अन्योलता बढेको, व्यवस्थाप्रति नै सडकबाट प्रश्न उठिरहेको, आर्थिक संकटले चौतर्फी रुपमा अर्थतन्त्र धारासायी भएको दलका सांसद नेताहरुले संसदमै बोलिरहेने तर अवसर पाउना साथ संसद बैठक नै रोकेर विदेश भ्रमणमा कुदिहाल्ने दोहोरो चरित्र राजनीतिमा देखिएकैले अहिले राजनीतिक वितिष्णा बढेको सजिलै अनुमान गर्न सकिन्छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चैत्र ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा जादै छन् । सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री ९ दिनसम्म चीन भ्रमण गर्ने विषय प्रश्न उठेको छ । सत्तारुढ दल नेकपा एमालेकै युवा नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो रु भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्- कति लामो भ्रमण हो रु कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई रु चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ रु २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला रु अलिकति त ख्याल गर्नुपर्ने होइन र रुु

यसअघि गृहमन्त्री रहेका श्रेष्ठ अहिले परराष्ट्रमन्त्री बनेका छन् । परराष्ट्रमन्त्रीको रुपमा उनको अहिलेको प्राथमिकता रुसी सेनामा रहेका नेपालीहरुको छिटो उद्धार गर्नु हुनुपर्ने हो । अहिलेसम्म सरकारसँग रुसी सेनामा कति नेपाली छन् भन्ने आँकडा समेत नभएको अवस्थामा यस विषयलाई प्रमुख एजेण्डा बनाएर काम गर्नुको सट्टा ९ दिनसम्म चीनको भ्रमणलाई प्राथमिकता दिएका छन् ।

निष्कर्षमा राजनीतिक रुपमा अहिले नयाँ दल र पुराना दलको संयुक्त सरकार छ । तर पद तथा विदेश भ्रमणको अवसरलाई दाँया बाँया नहेरी लिने सन्दर्भमा पुरानासँगै नयाँले पनि खुट्टा उचाल्ने गरेको पाइन्छ । यसले राजनीतिक रुपमा थप वितिष्णा बढाउने र सरकारप्रतिको विश्वास घट्ने नै देखिन्छ ।

aagaman March 23, 2024 March 23, 2024
Previous Article होलीमा उपत्यकामा नौं सय प्रहरी परिचालन
Next Article रुसमा आतंकबादी हमलामा मृत्यु हुनेको संख्या ६० पुग्यो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?