By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजसामाजिक

आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

aagaman
Share
SHARE
Ad imageAd image

विराटनगर, ७ चैत । बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन्। उनी जम्मा २ कक्षामा पढ्दै थिए। बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन।

प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ-दुबैको दोस्रो बिहे थियो। बबिन उनीहरूका एक्ला छोरा हुन्।

बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन्। कति कहाँ छन् सबै खुलेको छैन।

गीताको पहिलेको घर धनकुटा हो। बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालका अनुसार गीतापट्टीकी पहिलेकी छोरी दमक रहेको पत्ता लागेपछि खबर गरियो। उनी प्रहरी कार्यालयमा आइसकेकी छिन्। बमबहादुरकी जेठीपट्टीका सन्तानको खोजी भइरहेको छ।

दाहालका अनुसार बमबहादुर र गीता चार-पाँच वर्षअघि बेलबारी आएका थिए। उनीहरू बेलबारी नगरपालिका-१ की निर्मला राईको घरमा भाडामा बस्थे।

एक तले भुइँघरमा उनीहरूले दुई कोठा भाडामा लिएका थिए। घरबेटी निर्मला एउटा कोठामा बस्थिन्।

बमबहादुर र गीता त्यहीँ एउटा घरमा चिया बनाउने तथा मर्चा (जाँड बनाउने कच्चापदार्थ) बेच्थे।

उनीहरूबीच बेला-बेलामा झगडा परिरहन्थ्यो। एक वर्षअघि गाउँ-समाज बसेर झगडा मिलाइदिएका थिए।

‘श्रीमानले अलि बढी शंका गर्ने गर्दा रहेछन्, त्यसैमा उनीहरूको झगडा हुन्थ्यो भन्ने गाउँलेहरूबाट बुझिन्छ,’ दाहालले भने।

बुधबार बिहान राति १:५० तिर इलाका प्रहरी कार्यालय बेलबामा बमबहादुर र गीताका छिमेकी आइपुगे।

आउने स्थानीयले सन्देश बोकेका थिए- गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन्। यसपछि प्रहरी बमबहादुर र गीता बस्ने घर पुगेको थियो।

दाहालका अनुसार बमबहादुर र गीताको झगडा मध्यरातमा परेको हुनसक्छ। त्यो झगडा उत्कर्षमा पुग्दा बमबहादुरले गीतालाई दाउ प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

‘जब गड्डाङगुडुङ गर्‍यो, बबिनले थाहा पाए, घरबेटी निर्मला घटनास्थलमा पुगेकी थिइन्। त्यतिबेला बबिन कोठाभित्रै थिए,’ दाहालले भने, ‘बमबहादुर गीतालाई प्रहार गरेको दाउले आफ्नो घाँटी रेटिरहेका थिए।’

घरबेटी निर्मला आत्तिइन्, हत्तपत्त ढोका खोलिन्। डरले लुगलुग काँपिरहेका बबिन् निर्मलासँगै बाहिर छिमेकीसँग हारगुहार गर्न पुगेका थिए।

‘यो घटना साढे १ बजेतिरको हुनुपर्छ, १:५० मा प्रहरीमा खबर पुगिसकेको थियो,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले भने।

प्रहरी निरीक्षक दाहालका अनुसार घटनास्थल पुग्दा गीताको शरीरमा जीवित चाल थिएन। बमबहादुर जीवित थिए। उनलाई तत्काल नोबेल अस्पताल विराटनगर लगियो। तर, उपचार प्रारम्भमै उनको मृत्यु भयो।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ। उनीहरूबीच मध्यरातमा के झगडा भयो खुलेको छैन।

जीवनको उत्तरार्द्धमा बमबहादुरले श्रीमतीको हत्या गरेर बबिनको सहारा खोसे। न आफू रहे। रहेका भए पनि उनी जेल पुग्थे।

बबिन ‘टुहुरा’ हुन्थे। बुवा-आमा दुबै नरहेपछि बबिनको कलिलो बाल्यकाल अनिश्चय बनेको छ।

उनी अहिले जेठीआमाकी छोरीको काखमा पुगेका छन्।

aagaman March 20, 2024 March 20, 2024
Previous Article रिलिज अघि नै कान्तारा-१ को ओटीटी घोषणा
Next Article पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?