By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

विश्वको एउटा यस्तो राष्ट्रिय टिम, जसले २०१ खेल मध्ये १९२ वटामा पराजित छ

aagaman
Share
SHARE
Ad imageAd image

लन्डन, ६ चैत । विश्वमा एउटा यस्तो फुटबल राष्ट्रिय टिम छ, जसले लगभग सबै खेलमा पराजय भोग्नु परेको छ ।

सान मारिनो एउटा यस्तो देश हो, जसले सबैजसो अन्तराष्ट्रिय खेलहरूमा पराजय भोगेको छ । कतिसम्म भने एउटा देशसँग उसको पराजय ११–० गोल अन्तरको पनि थियो ।

सान मारिनोका कप्तान म्याटियो भिटायोली, देशको इतिहासमा सबैभन्दा बढी खेल्ने खेलाडी हुन, जसले अहिले आफ्नो राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेको १७ वर्ष पुगेको छ । उनलाइ अझै पनि लाग्छ, देशका लागि कुनै न कुनै खेल जिताउन बाँकी नै छ ।

झन्डै दुई दशकमा उनले खेलेका १३६ खेलमा पराजय भएका छन्, जो सबैलाइ अनौठो लाग्छ । संसारको पाँचौं सबैभन्दा सानो देश सान मारिनोले उनको टोलीको नेतृत्वको इतिहासमा एक मात्र जीत रेकर्ड छ ।

‘सबैभन्दा नराम्रो सम्झना भनेको सन् २०११ मा नेदरल्यान्ड्ससँगको खेल थियो, जुन खेलमा ११–० ले पराजित हुन पुगियो,’ कप्तान भिटाइओलीले बीबीसी स्पोर्टलाई भने, ‘यो पहिले नै थियो,मलाई अझै सम्झन्छु कि समर्थकहरू नेदरल्याण्ड्सले थप गोल गरेको हेर्नका लागि हर्षोल्लास गरिरहेका थिए।’

इटालीले घेरिएको र दर्शनीय माउन्ट टिटानोले बेवास्ता गरेको सान मारिनोको जनसंख्या मात्र ३३ हजार छ र मात्र ६१ वर्ग किलोमिटर मात्रै यसको भुमी रहेको छ । यो म्यानचेस्टर शहर भन्दा लगभग आधा आकारको सानो देश हो ।

फिफाको वरीयता अनुसार यो विश्वको सबैभन्दा खराब राष्ट्रिय फुटबल टोली हो, जसले २०१ खेलहरू मध्ये १९२ खेलमा नमज्जाको पराजय भोग्नु परेको छ ।

तर भिटाइओली र उनका टोलीका साथीहरूले यस हप्ता आफ्नो देशको लागि नयाँ अध्याय लेख्ने मौका पाएका छन् । २१० औं स्थानको सान मारिनो माथि ६१ औं स्थानको सेन्ट किट्स र नेभिस (क्यारेबियन राष्ट्र)सँग मैत्रीपुर्ण खेल खेल्दैछ । कप्तान यस मैत्रीपुर्ण खेलमा जीत हासिल गर्ने महत्वका साथ आफना खेलाडीलाइ मैदानमा उतारिरहेका छन् ।

सेप्टेम्बर २०१५ मा युरो २०१६ को छनोटका लागि लिथुआनिया विरुद्ध सान मारिनोको लागि माटियो भिटायोलीले एक मात्र गोल गरेका थियो, त्यो एक गोल पनि उनले नेतृत्व गरेको १४ वर्ष पछि गरेका थियो, यो नै उनका लागि पहिलो र अन्तिम अन्तराष्ट्रिय गोल हुन पुगेको थियो । र, यो देशका लागि पनि हो ।

aagaman March 19, 2024 March 19, 2024
Previous Article अफ्रिकामा भूकम्पको सबैभन्दा पुरानो प्रमाण फेला पर्यो
Next Article ५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214786
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?