22.1 C
Kathmandu
Thursday, September 23, 2021

चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैँडा मृतावस्थामा फेला

0

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा  छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।

यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले  दुबै प्राकृतिक कारणले मरेको बताए । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२  गैँडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।

सुरक्षाकर्मी र तालिबान लडाकूहरु बीच भएकाे भिडन्तमा परी ९५० जना तालिबानको मृत्यु, ५०० जना घाइते

0

काबुल । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकूहरुले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकूहरुका बीचमा ठूलो भिडन्त भएको थियो । तालिबान लडाकूहरुको नियन्त्रणमा रहेका ठाउँहरुलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

आजको सुनचाँदीको मूल्य

0

काठमाडौँ – आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको  ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत खोप केन्द्रको अनुगमनमा

0

ललितपुर – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गर्नुभएको छ ।

मुलुकमा फैलिइरहेको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्री देउवाका साथै राजदूत बेरीले उक्त खोप केन्द्रको निरीक्षण एवं अनुगमन गर्नुभएको हो ।

सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्री देउवालाई आफूले यहाँका २९ वटै वडामा खोप लगाउने गरिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले आज काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रको स्थलगत अनुगमन गर्ने क्रममा ललितपुरमा रहेका छ पालिकामध्ये महानगरपालिका–१ को केन्द्रको अनुगमन गर्नुभएको हो । सोही क्रममा महानगरपालिकाका प्रमुख महर्जनका साथै उपप्रमुख गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला र जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको उपस्थिति रहेको थियो ।

Last Posted Articles