22.1 C
Kathmandu
Thursday, September 23, 2021

बाँकेमा आजदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने

0

कोहलपुर । बाँकेमा आजदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ ।

सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ ।

लक्ष्यभन्दा रु आठ करोड बढी राजश्व सङ्कलन

0

विराटनगर ।  आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७ /०७८ मा कूल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/ ०७८ मा सङ्कलित राजश्वमा आयकर रु तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क रु दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ ।

सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

0

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा आयोजना गर्ने  निर्णय गरेकोे छ ।

त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले  निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताउनुभयो ।

बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८÷७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।

Last Posted Articles