22.1 C
Kathmandu
Thursday, September 23, 2021

घट्यो सुनचाँदीको मूल्य

0

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा ५ रुपैयाँले गिरावट आएसँगै प्रतितोला १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मनकामना स्मार्ट लघुवित्तको आइपिओे बाँडफाँट

0

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो । जसअनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । तीमध्ये दुई जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख १७ हजार बढी आवेदकको हात खाली भएका छन् ।

कम्पनीले रु तीन करोड ८९ लाख बराबरको तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आइपिओको नतिजा मेरोसेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।

इङ्ल्यान्डलाई पराजित गर्दै इटाली बन्यो युरोपियन च्याम्पियन

0

काठमाडौं ।इङ्ल्यान्डलाई पेनाल्टीमा ३-२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ ।

आज बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुङ्गिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी शुटआउटमार्फत लिइएको थियो ।सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए ।

इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुसीले बराबरी गोल फर्काएका थिए ।डिफेन्डर लियोनार्दो बोनुसीले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुसी र फेडेरिको बर्नाडेसी गोल गरे भने इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे ।

सन् १९६८ मा युरो जितेको इटाली २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ मा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले २००६ विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

कोरोना सङ्क्रमण बढ्दै

0

सिमकोट – चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण सङ्क्रमितको सङ्ख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिटेन्डेन्ट डा टसी याञ्जुक लामाले जानकारी दिनुभयो ।

“केही दिनयता हुम्लामा परीक्षण गरेको शतप्रतिशतमा कोरोना सङ¬्क्रमण पुष्टि हुन थालेको छ”, डा लामाले भन्नुभयो, “यस्तै प्रकारले सङ्क्रमितको सङ्ख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै सङ्क्रमितलाई उपचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।” निषेधाज्ञा हटाएको एक सातामै जिल्ला अस्पतालमा लक्षणसहितका सङ्क्रतिमको सङ्ख्या बढेको उल्लेख गर्नुभएका डा लामाले यस्तै अवस्था रहेमा जिल्ला अस्पताल हुम्लाले बिरामीको उपचार गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

लक्षणसहितका चारजना कोरोना सङ्क्रमितको अीक्सजनको लेवल निकै कम भएपछि जिल्ला अस्पताल हुम्लाले एचडियु  कक्षमा सारेको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सञ्चालन गरेको रानीवन आइसोलेशनमा राखिएका चार जना सङ्क्रमितको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि आइतबार जिल्ला अस्पताल परिसरमा पालभित्र व्यवस्था गरिएको एचडियूमा सारिएको जिल्ला अस्पतालका डा लामाले बताउनुभयो ।

कोरोना परीक्षणको दर निकै साँघुरो बनाएको हुम्लामा आइतबार मात्रै पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिकामा नौ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लाभर एक हजार ९८० जनामा परीक्षण गर्दा २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ४३ जना सक्रिय सङ्क्रमित छन् भने अन्य सबैले कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।

एकताबाट अनुकूलता : अतिवादी र एजेण्टको निषेध

0

काठमाडौं । नेकपा एमालेमा एकता कायम भएको छ । यो एकतासँगै एमाले पुनः शक्तिशाली भएको छ भने देशभरका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकले खुशियाली प्रकट गरेका छन् । एमालेभित्रको सुदृढ एकता एमाले पंक्तिका लागि ऐतिहासिक क्षण हो भने नागरिकका लागि समेत सकारात्मक हो । लोकतन्त्रमा राजनीतिक दलहरुको एकता र बिभाजन लोकतन्त्रकै भबिश्यसँग जोडिन्छ । राजनीतिक दल एकिकृत भए, दलहरुबीच सृजनात्मक आलोचना र समर्थनको अभ्यास बस्यो भने त्यसले लोकतन्त्रलाई जीवन्त बनाउँछनै, संगै राष्ट्रिय लक्ष्य र आँकाक्षा संवोधन गर्न पनि सहयोगी बन्छ । त्यसैले एमालेभित्र केही महिना यता देखिएको आन्तरिक संकट अव टरेको छ र एमाले एकिकृत भएर अघि बढ्ने उद्घोष नेताहरुबाट आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उदारता र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता र कार्यदल स्तरमा भएको १० बुँदे सहमतिको पार्टीभित्रका केही अतिवादीबाहेक सबैले स्वागत गरेका छन् । अतिवादीहरु पार्टीको सफलता वा सरकारको सफलता हेर्दैनन्, आफूलाई के प्राप्तभयो त्यो मात्र हेर्छन् । यो एकता व्यक्तिको स्वार्थ र लाभको संवोधन होइन, एमालेको भबिश्व बचाउने र बर्तमानलाई बलियो बनाउने एकता हो । त्यसको अर्थ माधवकुमार नेपाल पक्षमा लाग्नुभएका नेता र कार्यकर्तालाई पाखा लगाउने र ओली पक्षका नेता र कार्यकर्तालाई मात्र अवसर उपलब्ध गराउने भन्ने होइन । पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कने भनेको मुल्त पार्टीको नवौं महाधिवेशनलाई मानेर अघि बढ्ने भनेको हो । यसमा ओली र माधव दुबै पक्ष ’वीन–वीन’ अवस्थामा छ ।

त्यसपछि नेकपा रहँदा माओवादी केन्द्रबाट आएका नेताहरुलाई एमालेमा सम्मानजनक हैसियत उपलब्ध गराउने सहमति भएको छ । यो उपयुक्त निर्णय हो । किनकी एमालेलाई थप शक्तिशाली बनाउन सकेसम्म अन्य पार्टीबाट आएका र आउन चाहनेलाई स्वागत गर्नुपर्छ । त्यसमा पनि माओवादी केन्द्रबाट आएका बादलसहितका नेताहरुले नेकपामा रहँदा पार्टी एकताका पक्षमा लाग्नुभएको सार्वजनिक छ । त्यस्तै, अफ्ठ्यारो समयमा प्रधानमन्त्री ओलीलाई सहयोग गर्नुभएको थियो । उहाँहरु एमालेमा रहँदा पार्टी थप शक्तिशाली भएको छ । माओवादी केन्द्रबाट अनय थुप्रै नेता तथा कार्यकर्ता एमालेमा आउँदै हुनुहुन्छ, उहाँलाई स्वागत गर्नुपर्छ ।

१० बुँदे सहमतिलाई लिएर माधव नेपालले असन्तुष्टी राखेको भन्ने प्रचार भएका छन् । तर यो सहमतिलाई ओली र नेपाल दुबैले स्विकार्नुभएको छ । कार्यदल स्तरमा गरेको यो सहमति उहाँहरुकै चाहना बमोजिम भएको हो र सार्वजनिक भएको हो । माधव नेपालका केही बाध्यता छन् । उहाँले शेरबहादुर देउवा र प्रचण्डसँग मोर्चा बनाउनुभयो, पहिला पनि धोका दिएको आरोप लागिरहेका बेला शायद उहाँ सार्वजनिक खपतका लागि पनि यो सहमतिको पक्षमा खुलेर लाग्नुभएको छैन । यो स्वभाबिक हो, अतिवादीमा पुगेपछि मोडरेट बिन्दुमा फर्कन केही समय लाग्छ । माधव नेपाललाई यो समय दिनुपर्छ । तर माधव नेपाल पक्षका भनिएका केही छोटे नेताहरुका जुन खालका अराजक, अतिवादी र ध्वंशवादी प्रतिक्रिया आएका छन्, ती घातक छन् । त्यस्ता सोचलाई भने आवश्यक पर्दा निषेध गर्नुपर्छ । प्रधानमन्त्रीको टिममा बसेर भएको सहमतिलाई अति ब्याख्या गरी भड्काउने प्रवृति पनि रोकिनुपर्छ । दुबैतर्फका अतिवादीलाई लगाम लगाउन सकिएन भने वातावरण फेरी बिग्रन सक्छ ।

१० बुँदेको इमान्दारीपूर्वक पालना अव एमाले नेता र कार्यकर्ताको मुख्य प्राथमिकता बन्नुपर्छ । प्रधानमन्त्री ओलीले सरकार र पार्टी संचालन गर्दा सकेसम्म पार्टीका तोकिएका निकायसँग परामर्शमा गर्दा उपयुक्त हुन्छ । माधव नेपालले अहिले अध्यक्ष तथा प्रधानमन्त्री माग्ने माग न बैधानिक छ र राजनीतिक । निर्वाचन हारेर प्रधानमन्त्री चाहियो, पार्टी अध्यक्ष चाहियो भन्नेजस्ता माग राख्नु कुनै पनि अर्थमा उचित छैन । फेरी अहिले देश र पार्टीलाई ओलीकै नेतृत्व चाहिएको छ । किनकी ओलीको नेतृत्वमा बिकास र समृद्धितर्फ मुलुक अघि बढेको छ । विपक्षीको आलोचना त संस्कार नै भयो, पार्टीले सरकारले गरेको कामको प्रचारमात्र गर्न सक्यो भने एमाले फेरी सत्तामा आउनेनै हो । त्यसैले पहिलो प्राथमिकता भनेको दशबुँदेको कार्यान्वयनमा इमान्दार रहनु हो ।

सर्वोच्च अदालतमा निर्वाचन घोषणाबिरुद्ध रिटमा सम्भवज आज फैसला आउँदैछ । फैसलाले देउवालाई प्रधानमन्त्रीलाई सपथ गराउ भन्न सक्ने अवस्था छैन् । त्यसोभयो भने अदालतबिरुद्ध आन्दोलन हुन्छनै किनकी प्रधानमन्त्रीको आधार पुग्यो वा पुगेन भनेर निर्णय गर्ने अधिकार राष्ट्रपतिको हो । यदी प्रतिनिधिसभा पुनःस्थापना भएमा एमाले एकताबद्ध रहँदा प्रधानमन्त्रीमा ओलीको निरन्तरता रहन्छ । निर्वाचन सदर भएमा एमाले एकभएर निर्वाचनमा जान्छ । त्यसैले एमाले एकतासँगै पार्टी र देशका लागि सकारात्मक वातावरण निर्माण भएको छ । यसलाई भाँड्ने पार्टीभित्र र बाहिरका केही स्वार्थी र विदेशी दलालहरु लाग्न सक्छन्, त्यसतर्फ भने सबै सचेत हुनुपर्छ ।

Last Posted Articles