22.1 C
Kathmandu
Thursday, September 23, 2021

बीपी प्रतिष्ठानको बेथितिविरुद्ध सिंहदरबारमा आज बृहत् नागरिक आन्दोलनको धर्ना

0

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथितिविरुद्ध बृहत् नागरिक आन्दोलनले आज (आइतबार) सिंहदरबारअगाडि धर्ना दिने भएको छ।

प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनले आइतबार बिहान ११ बजे सिंहदबार अगाडि धर्ना दिने तयारी गरेको हो। प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार र अनियमितताविरुद्ध विगत लामो सयमदेखि प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन गर्दै आएका छन्।उनीहरुको आन्दोलनमा एक्यवद्धता जनाउँदै आन्दोलनले आज सिंहदरबारमा धर्ना दिन लागेको हो।

‘बीपी प्रतिष्ठानमा मौलाएको बेथिति र सरकारको चरम लापरबाही सार्वजनिक संस्थानहरूमा देखिएको शासकीय अक्षमताको ठोस उदाहरणमात्र हो,’ आन्दोलनको तर्फबाट शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दशकौंको दलीयकरण र त्यसले निम्त्याएको शासकीय बेथितिले यस अस्पतालमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कमजोर बनाएको छ । धरानमा आन्दोलनरत सरोकारवाला पक्षहरूलाई देशव्यापी रुपमा जनताको साथ चाहिएको छ।’

नागरिक आन्दोलनले सार्वजनिक संस्थामा वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गर्न र भ्रष्टाचारमा मुछिएका पदाधिकारीलाई कारबाही गर्न पनि माग गरेको छ। वृहत नागरिक आन्दोलनले यसअघि प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरुद्धमा पनि सडकमा प्रदर्शन गरेको थियो।

कोरोनाको खोप उपलब्ध गराउन जि२० देशहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह

0

संयुक्त राष्ट्रसंघ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि२० (ग्रुप २०) का देशहरुलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि२० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरुका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गर्नुभएको हो । साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गर्नुभएको हो ।

जि२० का सदस्य देशहरुका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरुलाई आग्रह गर्नुभएको बताइएको छ । अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरुका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरुलाई अपिल गर्नुभएको थियो ।

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो २८ वर्षपछि कोपा अमेरिकाको उपाधि

0

काठमाडौं। दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ ।

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका २०२१ को उपाधि जितेको हो ।खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो ।अर्जेन्टिनाले १५ औं पल्ट कोपा अमेरिकाको उपाधि जितेको हो । योसँगै सबैभन्दा धेरैपल्ट कोपा उपाधि जित्ने उरुग्वेको कीर्तिमान पनि अर्जेन्टिनाले बराबरी गरेको छ ।

सन् १९९३ मा कोपाको उपाधि बिजेता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।

पार्टीभित्रको विवाद समाधान गर्न गठित एमाले कार्यदलको बैठक सुरु

0

काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादमा सहमति गर्दै आज सार्वजनिक गर्ने बारे छलफलका लागि सत्तारुढ नेकपा (एमाले) कार्यदलको बैठक सुरु भएको छ ।

निर्धारित समयभन्दा करिब एक घण्टा ढिला नेताहरू जम्मा भएपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अहिले केहीबेर अघिमात्र बैठक सुरु भएको हो ।बैठकमा यसअघि कार्यदलले जुटाएको सहमतिको मस्यौदामा हस्ताक्षर गरेर आजै स्थायी कमिटीमा पेश गर्ने तयारी गरिएको बताइएको छ । ​​​​​​​पार्टीभित्रको  विवाद समाधान गर्न गठित कार्यदलको सिंहदरबारमा शनिबार बसेको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको र ९ बुँदे मस्यौदामा सहमति जुटाइसकेको बताइएको थियो ।

विवाद समस्या समाधान गर्दै एमालेले आज पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिँदै छ ।  आजको बैठकमा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबाहेक सबै नेताहरू उपस्थित हुनुहुन्छ ।

Last Posted Articles