22.1 C
Kathmandu
Thursday, September 23, 2021

चीनबाट ल्याइयो ८ लाख डोज खोप

0

सिजन खबर । चीनबाट कोरोनाविरुद्ध खोपका ८ लाख डोज नेपाल ल्याइएको छ।  नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहानै भेरोसेल खोप काठमाडौं ल्याएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको भेरोसेल खोप पहिलो खेपमा ८ लाख डोज शुक्रबार ल्याइएको हो। साउन ८ गतेसम्म अरू दुई उडानमार्फत भेरोसेल खोप ल्याइनेछ। यो खोप लगाउँदा ६० वर्षमुनिका नागरिकलाई प्राथमिकता दिइने सरकारले जनाएको छ।  विभिन्न स्थानबाट गरेर नेपालमा अहिलेसम्म कोरोनाविरुद्ध खोपका ४२ लाख ४८ हजार डोज ल्याइसकिएको छ भने ८ लाख ५१ हजार ३ सय नागरिकलाई पहिलो मात्रा लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१८ वर्षमाथिका २ करोड २० लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने सरकारको लक्ष्य छ।

अमेरिकाले युद्धका लागि अब आफ्ना सैनिक अफगानिस्तान नपठाउने

0

सिजन खबर । अमेरिकी राष्ट्रपति जो बाइडेनले अब अफगानिस्तानमा युद्ध गर्न आफ्ना सैनिक नपठाउने बताएका छन्। आउँदो अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने घोषणासमेत बाइडेनले गरेका छन्।

‘अब जतिसक्यो छिटो अफगानिस्तानबाट हाम्रा सैनिक फर्किनेछन्,’ ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले भनेका छन्, ‘अर्को पुस्ता अब अमेरिकाबाट अफगानिस्तानमा युद्ध लड्न जाने छैन।’ अफगानिस्तानमा २०  वर्षदेखि अमेरिकी सैनिक तैनाथ छन्।बाइडेनले अब आफ्नो देश कसरी चलाउने भन्ने निर्णय अफगानिस्तान सरकारले गर्नुपर्ने बताएका बिबिसीले जनाएको छ। अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक यसअघि नै स्वदेश फर्किसकेका छन्। बाँकी १० प्रतिशत सैनिक पनि आउदो अगस्ट ३१ सम्ममा स्वदेश फर्किसक्ने घाषणा बाइडेनले गरेका छन्। अमेरिकी सैनिक फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ।तालिबानले अफगानिस्तानको झन्डै एक तिहाई भूभागलाई आफ्नो नियन्त्रणमा लिएको छ । सन् २००१ मा अमेरिकाले आफ्नो सेना अफगानिस्तानमा पठाएको थियो। यस अवधिमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानको युद्धमा ज्यान गुमाएका छन् भने २० हजार ७ सय २२ जना घाइते भएका छन्।

बाइडेन अफगानिस्तानमा युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति हुन्। बाइडनले आफ्ना सेनाले त्यहाँका नागरिकको जीवन जोगाएको दाबी गरेका छन्।
तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले पछिल्लो प्रतिक्रिया आएको हो।सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको थियो। अमेरिकी फौज समय सीमाभित्रै फर्किसक्नुपर्छ। यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने घाषणा बाइडनले गरेका थिए।अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेको थिए। तर गत जनवरीमा पदभार ग्रहण गरेपछि बाइडनले त्यो समय सीमालाई केहीपछि धकेलिदिएका थिए।

अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि एक हजार सैनिक अधिकारी भने अमेरिकी अफगानिस्तानस्थित अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षार्थ अफगानिस्तानमै बस्ने अनुमान गरिएको छ।

मनसुन आगामी हप्तासम्मै सक्रिय रहन्छ, सजग बनौंः मौसम विभाग

0

सिजन खबर । देशभर फैलिएको मनसुन आगामी हप्तासम्मै सक्रिय रहने सम्भावना रहेकाले सजग रहन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ।

आज (शुक्रबार) बिहान विशेष मनसुन बृुलेटिन–४ जारी गर्दै विभागले भनेको छ : आगामी हप्तासम्म नै मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही केही स्थानमा भारी वर्षा/धेरै भारी वर्षाको सम्भावना छ।

सचेत गराउँदै अगाडि भनिएको छ : देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्नेमा आशावादी छौँ : सुवास नेम्वाङ

0

सिजन खबर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आज बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।सिंहदरबारमा बिहीबार दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले बिहीबार सहमतिका लागि गृहकार्य भएको र आज  बिहान ११ः३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताउनुभएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो । अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आउनुभएको छ ।

Last Posted Articles