22.1 C
Kathmandu
Thursday, September 23, 2021

देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा धेरै भारी वर्षा

0

सिजनखबर।  देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धोरै स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति लुम्बिनी, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा थोरै भारी वर्षाको सम्भावना रहेको छ ।भोलि शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा १६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै घोराहीमा १३६, ताप्लेजुङमा ५८, धनकुटामा ५० र पोखरामा ४६ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  
​​​​​​​२०७८ असार २४ गते (बिहिबार)
दिउँसो: 
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २,  बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन / चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  । सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २५गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  भने सुदुरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २६ गते (शनिबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विश्वभर कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

0

बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ  । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन । विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

फेवाताल सिरानका ड्याम गर्ल्यामगुर्लुम, वर्ष दिनमै २८ करोड स्वाहा!

0

सिजनखबर। बाढीका कारण फेवातालको सिरान हर्पनखोलामा बनाइएको सिल्ट्रेसन ड्याम भत्किएको छ। बुधबार राति आएको बाढीसँगै हर्पनखोलाले बाटो बदल्दा पोखरा–२३, ठूलाखेतको असी भन्ने खेतमा बनेका ६ घर डुबानमा परेका छन्।

‘गएरातिको बाढीले हर्पनखोलामा बनाइएको ड्याम भत्कियो, पहिला खेत भएको बस्तीमा प्लटिङ गरेर बनाइएका घरहरुको आँगनमै बाढी आएको छ,’ पोखरा वडा नम्बर २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले नेपालखबरसँग भने, ‘त्यो ड्यामबाट बालुवा निकाल्नेगरी महानगरले ठेक्का लगाएको थियो, बालुवा निकालिरहेका पनि छन्। बनाउँदा नै कच्ची भएकाले भत्किएको हो।’ रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न ५ वटा खोला हुँदै तालमा मिसिने गेग्र्यान रोक्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा २८ करोड १६ लाख रुपैयाँ लागतमा गत वर्ष फेवातालको सिरानमा ५ वटा ड्याम बनाइएका थिए। फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत पोखरा–२४, पामेस्थित बेतयनी खोला एक र दुई, लौरुक, पोखरा २३ र २४ को अँधेरी तथा पोखरा २३ कै हर्पनखोला घाँटीछिनामा ५ वटा ड्याम थिए। यीमध्ये हर्पनखोलाको खड्का कृष्ण तथा पीके जेभी दाङले निर्माण गरेको हो।

अँधेरी खोलामा बनाइएका ड्याम पोहोर साल नै बाढीले भत्काइदिएको थियो। निर्माण क्रममै पाँगो बालुवा प्रयोग गरी गुणस्तरहीन काम भएकाले बाँध भत्किएको वडाध्यक्ष पराजुलीको भनाइ छ। उनका अनुसार स्थानीयले निर्माण क्रममै बाँध गुणस्तरहीन भएको जानकारी महानगरपालिकालाई दिएका थिए। तर गुनासो सम्बोधन भएन। खहरे खोलाको वेग र भूगोल बुझ्ने प्रयत्न गरिएन। विज्ञ टोलीले ती ड्यामहरूमा हप्तामा १ लाख ५० हजार घनमिटर गेग्र्यान जम्मा हुने र त्यहाँबाट बर्खामा हप्तैपिच्छे ढुंगा, गिट्टी, बालुवा निकाल्न सकिने प्रक्षेपण गरेको थियो।

पोखरीमा जम्मा भएका ढुंगा, गिट्टी, बालुवा बेचेर वार्षिक २३ करोड रुपैयाँ आम्दानी हुन्थ्यो। परियोजना नाफामूलक थियो। लगभग एक वर्षमै लगानी उठ्ने! तर ड्याम बनिसक्दा पनि त्यहाँबाट ती सामग्री निकालिएन। ड्याम भरियो। अँधेरीखोलाको ड्याम भत्किँदा पनि महानगरपालिकाले ढुंगा–गिट्टी निकाल्ने काम गरेन। तर यो आर्थिक वर्षको अन्त्यतिर एकाएक ती ड्यामबाट बालुवा निकाल्ने ठेक्का निजी कम्पनी फेवा सिल्ट्रेसन प्रालिलाई दिइयो। २४ वर्षका लागि! महानगरपालिकाको ४९औं कार्यपालिका बैठकबाट भएको निर्णयको चौतर्फी विरोध भयो। स्थानीयदेखि संरक्षणकर्मीसम्मले सम्झौता अपारदर्शी भएको आरोप लगाए। सार्वजनिक निजी साझेदारीअनुररूप निजी कम्पनीले ३८ करोड लगानी गर्ने भनिए पनि महानगरपालिकाले किन लामो समयको सम्झौता ग¥यो भन्ने विवाद बाँकी नै छ।

कार्यपालिकाको बैठकमा मेयर मानबहादुर जिसीले सम्झौताका बुँदा सच्याउने प्रतिबद्धता जनाएर स्थानीयको चित्त बुझाउने प्रयत्न पनि गरे। तर बाँध  खोलाले बगाइदिएको छ। स्थानीय शान्ति सालघारी वनका अध्यक्ष स्थानीय कलाधर भण्डारीका अनुसार सो क्षेत्रमा ६९५ झरना छन्। उनकै पालामा गरिएको एक अध्ययनअनुसार एक मिनेटमै सयौं मेट्रिक टन बालुवा आउँछ।

कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै, तीन उडानमा खोप नेपाल आउने

0

सिजन खबर। कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म  तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताउनुभयो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उहाँका अनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जाँदै छ । जहाजले असार २५ गते खोप ल्याउने छ ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा  साउन ७ गते पुनः  जहाज नेपालबाट गएर  साउन ८ गते खोप ल्याउने छ । “आजदेखि तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ”,  उहाँले भन्नुभयो, “परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन ।” उहाँले पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताउनुभयो । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उहाँको भनाइ रहेको छ । यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिनुभयो । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।

Last Posted Articles