22.1 C
Kathmandu
Thursday, September 23, 2021

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

0

बेइजिङ ।​​​​​​​ जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ ।

विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व २९ करोड ६० लाख ३७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  ।  भारतमा  ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  अमेरिकामा  ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ५७ लाख ८१ हजार ४०४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश                                      सङ्क्रमितको संख्या                                     कूल मृत्यु

संयुक्त राज्य अमेरिका      तीन करोड ३७ लाख १७ हजार ५७४                    छ लाख ५ हजार ५२६
भारत                         तीन करोड  ५ लाख ८५ हजार २२९                    चार लाख २ हजार ७२८
ब्राजिल                        एक करोड ८७ लाख ७९ हजार ८०८                    पाँच लाख २४ हजार ४१७
फ्रान्स                         ५८ लाख ४८ हजार १७१                                एक लाख ११ हजार ३२३
रुस                            ५५ लाख ४४ हजार २०९                                एक लाख ३५ हजार ६३७
टर्की                           ५४ लाख ४० हजार ३६८                                 ४९ हजार ८७४
बेलायत                       ४९ लाख  २० हजार १६८                                एक लाख २८ हजार ४८६
अर्जेन्टिना                    ४५ लाख  ३५  हजार ४७३                                ९५ हजार ९०४
कोलोम्बिया                  ४३ लाख ५० हजार ४९५                                   एक लाख ८ हजार ८९६
इटाली                        ४२ लाख ६३ हजार ३१७                                   एक लाख २७ हजार ६४९
स्पेन                         ३८ लाख ३३ हजार ८६८                                    ८० हजार ९११
जर्मनी                       ३७ लाख ३८ हजार ४७०                                    ९१ हजार ३९
इरान                         ३२ लाख ५४ हजार ८१८                                    ८४ हजार ७९२
पोल्याण्ड                    २८ लाख ८० हजार २७०                                     ७५ हजार ८४
मेक्सिको                    २५ लाख ४० हजार ६८                                       दुई लाख ३३ हजार ६२२
युक्रेन                        २३  लाख ४ हजार ३११                                      ४ हजार ७५८
इन्डोनेसिया                 २२ लाख ८४ हजार ८४                                        ६० हजार ५८२
पेरु                           २० लाख ६५ हजार ११६                                      एक लाख ९३ हजार २३०
दक्षिण अफ्रिका              २० लाख ६२ हजार ८९६                                      ६१ हजार ८४०
नेडरल्याण्ड                  १७ लाख १६ हजार ८७०                                       १८ हजार ३९

टोकियो ओलम्पिक: पौडीका खेलाडी एलेक्स र मुख्य प्रशिक्षक कार्की जापान प्रस्थान

0

काठमाडौँ । टोकियो ओलम्पिकमा सहभागी हुन पौडीका खेलाडी एलेक्जेन्डर साह (एलेक्स) र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गरेका छन्। पौडीमा सहभागी हुने अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाटै जापान पुग्नेछिन्।

जापान पुगेपछि पौडी टोलीले टोकुसिमामा तयारी गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। नेपालबाट जाने खेलाडी र प्रशिक्षकलाई एनओसीले आइतबारै बिदाइ गरेको थियो।पौडी प्रतियोगिता साउन १२ र १३ गते हुनेछ। आगामी साउन ८ देखि २४ गते सम्म हुने टोकियो ओलम्पिकमा ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

पौडी खेलाडी गौरिका र एलेक्ससहित एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परिवार र जुडोकी सोनिया भट्ट पनि केही दिनमा जापान जानेछन्।

असार ११ गतेदेखि हराइरहेकी सुजिता भण्डारीको शव मृतावस्थामा फेला

0

चितवन । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ ।

आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

आजदेखि बल्ने भयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

0

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ः०० बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।  उहाँका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । आयोजनाले आज मात्रै विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७।२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो । यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिनुभयो । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो । यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा न्यौपानेले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो । सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।

आयोजनामा कूल छ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो । आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा गरेको छ । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ । पछिल्लोपटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्नुभएको थियो । सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

प्रतिनिधि सभा विघटन मुद्दाः निवेदकको जवाफी बहस पनि सकियो

0

काठमाडौँ । प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस पनि सकिएको छ। सोमबार टि ब्रेकपहिले उनीहरुको तर्फैबाट बहस सकिएको हो।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, बद्रीबहादुर कार्की, शम्भु थापा र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका हुन्। जवाफी बहसका लागि उनीहरुलाई तीन घण्टा समय दिइएको थियो। चिया ब्रेकपछि एमिकस क्युरीको तर्फबाट राय राख्ने तयारी छ। एमिकसका चार जना वरिष्ठ अधिवक्ताहरुका लागि २ घण्टा समय तोकिएको छ। उनीहरुको रायसँगै सुनुवाइ सकिनेछ। सुनुवाइ सकिए पनि फैसला कहिले आउने भन्ने अझै निश्चित छैन। असार ९ गतेबाट सुनुवाइ सुरु भएको हो।

मत बदर नहुने मतदाता शिक्षामा जोड

0

काठमाडौँ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता  र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताउनुभएको छ  । निर्वाचत आयोगको आयोजना र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का संयोजनमा आयोजित एकदिने ‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ भर्चुअल उद्घाटन गर्दै उहाँले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएकामा जोड दिनुभयो ।

अध्यक्ष थपलियाले भन्नुभयो,“ निर्वाचन आयोग एक्लैले यो काम सम्भव छैन,यसमा सबैको सहकार्य जरुरी छ ।” निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा सञ्चारमाध्यमको व्यापक प्रयोग गर्न तथा नागरिक आफैँले निर्णय गरेर मतदानमा सहभागी हुने वातावरण बनाउन जरुरी रहेको बताउँदै उहाँले आधाभन्दा बढी जनसङ्ख्या रहेका महिला, जनजाति, सीमान्तकृत, साक्षरता तथा कम साक्षरता भएका ठाउँमा निर्वाचन शिक्षा जरुरी भएको बताउनुभयो ।
आयोगको तथ्याङ्कानुसार देशभर करीब एक करोड ६५ लाख मतदाता छन् । त्यो अझै बढ्ने क्रममा छ । नेपालमा देशभर ६० प्रतिशत मत खस्ने गरेको छ । त्यसमध्ये पाँच प्रतिशतको हाराहारीमा बदर हुने गरेको छ । राष्ट्रियसभाको निर्वाचनमा भने १३ प्रतिशत बदर भएको देखिएको छ ।

सो अवसरमा आयोगका सदस्य डा जानकीकुमारी तुलाधरले  मतदातालाई सुुसूचित गराउनका लागि महिला पत्रकारको महत्वपूर्ण भूमिका रहेको र त्यसका लागि सम्पादकीय र व्यवस्थापकीय स्थानमा तिनको सहभागिता हुनुपर्ने जरुरी रहेको बताउनुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष निर्मला आचार्यले निर्वाचनमा मत बदर नै नहुने गरी नागरिकलाई साक्षरता जनाउने र निर्वाचनका समाचारमा पत्रकार महिलाको पनि उल्लेख्य सहभागिता गराउने उद्देश्यले अभिमुखीकरण तामिलको आयोजना गरेको जानकारी गराउनुभयो । तालीममा निर्वाचन आयोगका तर्फबाट तीन कार्यपत्र र डब्लुडब्लुजेका तर्फबाट एक कार्यपत्र प्रस्तुत हुनेछ ।  प्रत्येक प्रदेशबाट तीन/तीन गरी २१ पत्रकार महिला तथा आयोग र डब्ल्युडब्ल्युजेका गरी ४० जना तालीममा सहभागी छन् ।

काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो ।

यही असार १० गतेको चौथो सभामा आव ०७८/०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘कामपाको आर्थिक विधेयक, २०७८’ प्रस्ताव गर्नुभएको थियो । सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव ०७८/०७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बजेट र विनियोजन विधेयक, २०७८ पेश गरेका थिए  । यसअघि असार ३ गते सभामा पेश भएको आव ०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम छलफलपछि असार ६ गते बसेको तेस्रो बैठकले पारित गरेको थियो ।

आव ०७८/०७९ का लागि आन्तरिक आयतर्फ रु चार अर्ब ३४ करोड ३२ लाख लक्ष्य राखिएको छ । विश्वभरि फैलिएको कोरोना महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशतदेखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । आगामी आर्थिक वर्षमा  महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्न बजेट प्रस्ताव गरिएको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन, मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमूना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाका लागि बजेट प्रस्ताव गरिएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीका लागि सहयोग, मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन, उद्यमशीलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, पौरखी मेलालगायतका कार्यक्रम मुख्यरूपमा समेटिएका छन् । नगरसभाको छैटौँ बैठक असार २५ गते बस्नेछ । त्यस बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

Last Posted Articles