22.1 C
Kathmandu
Thursday, September 23, 2021

प्राकृतिक प्रकोपले क्षति पुर्‍याएका निजी आवास सरकारले बनाइदिने

0

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिने बताएका छन्।

विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने पौडेलले बताए

राष्ट्रिय सभाको बैठकमा बोल्दै पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिए।

यस्तै ३६ सरकारी कार्यालय,  ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताए।

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको उनले राष्ट्रिय सभामा जानकारी दिए।

यस्तै बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा आंसिक क्षतिपुगेको बताए।

गत वर्षको प्राकृतिक प्रकोपमा क्षति भएका ३९४९ परिवालाई प्रति परिवार पहिलो किस्ता वापत ५० हजार अनुदान रकम प्रदान गरिएको उनले बताए।

यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

वर्ल्ड सोसल इन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन

0

काठमाडौं । वल्र्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा स्टार्ट अप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन्।

सिलिकन भ्यालीमा हेडक्वाटर रहेको सो संस्थाको कार्यसमितिले डा. पोखरेललाई यसै साता स्टेरिङ कमिटीमा राख्ने निर्णय गरेको हो।

डा. पोखरेलले स्थापना गरेको स्टार्टअप हब नेपालले स्टार्टअप वल्र्डकपको नेपालको पार्टनरका रुपमा काम गरिरहेको छ ।

नेपाल जस्तो प्रविधिको विकासमा पछि परेको मुलुकबाट समेत स्टार्टअप छनौटगरि सिलिकन भ्यालीमा प्रतिश्पर्धाका लागि अवसर दिलाएका पोखरेललाई विश्वका स्टार्टअप अभियन्ताहरुले समेत प्रशंसा गरेको फोरमका अध्यक्ष समिम आसानले बताएका छन् ।

डा. पोखरेललाई आफ्नो संस्थाको ग्लोबल स्टेरिङ कमिटिमा चयन गर्दा संस्थाको गतिविधि झनै सघन भएर जाने पनि वल्र्ड सोसल ईन्नोभेसन फोरमले जनाएको छ ।

वर्ल्ड सोसल इन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटिमा स्पेस एक्सको फण्ड रेजिङ कम्पनी पिगासस टेक भेन्चरका जेनेरल पार्टनर समिम आसान, सिंगापुरका प्रधानमन्त्रीको स्टार्टअप सल्लाहकार जेम्स टान, दुबईका सामाजिक विकास विभागका चिफ ईन्नोभेसन स्पेसलिष्ट नबिल अल जरुनी, ओमन ईन टेक एसियाकी जेनी रिस्कु लगायत रहेका छन्।

स्टार्टअपको क्षेत्रमा विश्वप्रसिद्ध व्यक्तिहरुको सो कमिटिमा आफु रहन पाउँदा उत्साहित बनेको डा. पोखरेलले बताएका छन् ।

विश्वभर रहेका सोसल इन्नोभेटरहरुलाई उत्पे्ररित गर्ने अभियानमा लागेको सो फोरमले ईम्प्याक्ट ईन्भेष्टमेन्ट देखि लिएर डिजिटल शिक्षा, स्वास्थ्य तथा स्मार्ट सिटिका अभियानहरु सञ्चालन गरिरहेको छ ।

डा. शम्भु पोखरेलले वर्ल्ड ट्रेड गु्रप नेपालका अध्यक्ष हुन भने उनको नेतृत्वमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, स्टार्टअप हब नेपाल, सीईओ क्लब ग्लोबल, फ्रेन्चाइज ग्लोबल, स्टार्टअप हब ग्लोबल, चेन्जोनोमिक्स लगायतका दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् । स्टार्ट अप हब नेपाल नेपालको पहिलो स्टार्टअप इन्कुवेसन सेन्टर पनि हो ।

बढ्यो सुनचाँदीको मूल्य

0

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा १५  रुपैयाँले वृद्धि आएसँगै प्रतितोला १ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्जेन्टिना सेमिफाइनलमा : मेस्सीको शानदार प्रदर्शन

0

काठमाडौं । कोपा अमेरिका अन्तर्गतको आइतबार विहान भएको खेलमा अर्जेन्टिना विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

कप्तान लियोनल मेसी प्रेरित खेलमा इक्वेडरलाई ३–० ले पराजित गरेको हो । ४० र ८४ औं मिनेटमा मेसीको पासमा पाउल र मार्टिनेजले गोल गरेका थिए भने दोस्रो हापको अतिरिक्त समयमा पाएको फ्रिकिकलाई मेसीले सुन्दर गोलमा परिणत गरेका थिए ।

५ खेलमा ४ गोल गरेका मेसीले ४ असिष्ट समेत गरेका छन् । निकै फर्ममा देखिएका कप्तान मेसीको प्रदर्शनले कोपा अमेरिकाको उपाधि हात पार्न अर्जेन्टिना प्रमुख दावेदारी गरिरहेको छ ।

दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा

0

नयाँ दिल्ली  । कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ ।

भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ ।

सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने देखिएको हो ।

भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले शनिबार नयाँ दिल्लीमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकरी दिनुभएको हो ।

उहाँले उक्त भन्नुभएको छ कि कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ ।

उहाँले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिनुभएको थियो । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।

त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो ।

त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।

प्रधानन्यायाधीशको प्रश्न : बहुमत पुगेछ भनेर अदालतले निर्णय गरिदिनु संवैधानिक हुन्छ?

0

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका वकिललाई प्रधानमन्त्री नियुक्तिको लागि अदालतले निर्णय गर्नु संवैधानिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।

आइतबार सभामुखको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोख्रेललाई उनले यस्तो प्रश्न गरेका हुन्।

 ‘१४६ सांसद अदालत आउनुभएको छ। अब बहुमत पुगेछ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्तिको विषयमा निर्णय गरिदिनु संवैधानिक हुन्छ?’, प्रधानन्यायाधीश राणाले सोधे, ‘७६(५) अनुसार त्यसो गर्न मिल्छ अदालतले?’

जवाफमा अधिवक्ता पोख्रेलले अदालतले नियुक्तिभन्दा पनि संवैधानिक व्याख्या गरिदिनुपर्ने बताए।

त्यसअघि पोख्रेललाई प्रधानन्यायाधीश राणाले पहिले पनि संसद् विघटन बदर गर्दा पनि संसद (प्रतिनिधिसभा)ले सरकार दिन नसकेको भन्दै प्रश्न गरेका थिए।

रिटका विपक्षी सभामुखका तर्फबाट बहसका लागि २ घण्टा समय तोकिएको छ। आइतबार नै टि ब्रेकपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस सुरु गर्नेछन्।

नारायणगढ–मुग्लिन सडक दुवैतर्फ पुन: अवरुद्ध

0

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुन: पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो ।

राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ

संसद् विघटन मुद्दा : सभामुख र सांसदका तर्फबाट आज यी वकिलले गर्दै छन् बहस

0

 काठमाडौं । प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज (आइतबार) सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस सकिएपछि जवाफी बहस सुरु हुने भएको छ।

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ। ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस सुरु हुनेछ।

निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो।

यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए।

गत असार ९ गतेबाट बहस सुरु भएको हो। सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए।

जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ। जवाफी बहस आजै सकिने सम्भावना कम छ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दै छन्।

उनीहरूको बहस सकिएपछि सोमबार एमिकस क्युरीका तर्फबाट २ घण्टा राय राखेसँगै यो मुद्दाको फैसला आउनेछ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पेस गरेको दाबी खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति संसदै विघटन गरेपछि सर्वाेच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्।

जसमध्ये देउवासमेत १४६ सांसदको हस्ताक्षरमा हालिएको निवेदनमा संसद् पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गरिएको छ।

जुन मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा भइरहेको छ।

देउवाको रिट निवेदनको फैसला गरेपछि मात्रै अन्यबारे निर्णय गर्ने सर्वोच्च अदालतले जनाएको छ।

Last Posted Articles