22.1 C
Kathmandu
Thursday, September 23, 2021

अन्ततः बार्सिलोनासँग मेस्सीको सम्झौता समाप्त, अब के हुन्छ?

0

अर्जेन्टिनी स्टार लियोनल मेस्सी र बार्सिलोनाबीच २० वर्षमा पहिलोपटक सम्झौता समाप्त भएको छ।

आजभन्दा ७ हजार ५०४ दिन अगाडि मेस्सीलाई बार्साले अनुबन्ध गरेको थियो। त्यसबेला किशोर मेस्सी र बार्साबीच मुख पुछ्ने ‘न्यापकिन’मा हस्ताक्षर भएको थियो।

बार्साले सम्झौता समाप्त हुन नदिन अनेकौं प्रयास गरेता पनि मेस्सीले बार्साको आकर्षक प्रस्तावमा सहमति नजनाएपछि बुधबार जुन ३० मध्यरातमा बार्सासँगको सम्झौता सकिएको हो।

दुई दशकको अवधिमा मेस्सीले बार्सासँग सम्झौता समाप्त नभइकनै कयौंपटक पुनः सम्झौताहरुमा हस्ताक्षर गरे। तर यसपटक माह्वल फरक बनिदियो, जब मेस्सी गत सिजन क्लबका खेलहरु समाप्त भएसँगै अर्जेन्टिना हानिए कोपा अमेरिकाको तयारी गर्न।

हाल पनि उनी कोपा अमेरिका प्रतियोगितामा व्यस्त छन्। तर बार्साको सम्झौताबाट उनी मुक्त भइसके, फ्रि–एजेन्ट बनेका उनलाई अब जुनै क्लबले पनि आकर्षक प्रस्ताव दिएर अनुबन्ध गर्न सक्छन् जसका लागि रिलिज क्लज तिर्नुपर्दैन।

बार्साका प्रमुख जोआन लापोर्ताले मेस्सी खुशी बनाउने अनेकौं प्रयास गर्दासमेत मेस्सीले किन बार्सामै रहनेगरी सम्झौता गरेनन् त? यो प्रश्न सबैको मनमा उब्जेको छ।

विश्वभर मेस्सी भनेकै बार्सा हो र बार्सा भनेकै मेस्सी हो भन्ने गरिन्छ। तर मेस्सी फ्रि–एजेन्ट बन्दा बार्साका समर्थक दुःखी छन्।

विश्व चर्चित ब्रान्ड नाइक लगायत अन्य दर्जनौं ब्रान्ड यतिबेला मेस्सीको निर्णयको पर्खाइमा छन्। मेस्सी बार्सामा रहेमात्र उनीहरुले बार्सालाई प्रायोजन गर्नेछन्।

मेस्सी र बार्सा प्रमुख लापोर्ताको सम्बन्ध राम्रो छ। यसैवर्ष क्लब प्रमुखमा पुनः निर्वाचित हुँदा र निर्वाचन अगाडि देखि नै आफू क्लबमा रहेमा मात्र मेस्सी बार्सामा रहने उनले बताउँदै आएका थिए।

Where are Lionel Messi's Barcelona team-mates from his 2003 debut? From  Xavi to Liverpool icon and little known stars

लापोर्ताले चुनाव जितेपछि एउटा सम्बोधनमा मेस्सीलाई बार्सामै रहन आग्रह गरेका थिए। त्यसकारण उनी मेस्सीलाई सजिलै क्लब छाड्न दिने पक्षमा छैनन्।

उनले अहिले पनि मेस्सीले बार्सासँग नयाँ सम्झौता गर्ने दाबी गरिरहेका छन्। उनी भन्छन्,‘मलाई मेस्सी अर्को क्लबको खेलाडी भएको देख्न मन छैन।’

यसैबीच बार्सा ब्लाउग्रेन्स वेबसाइटले भने मेस्सी र बार्साबीच मौखिक सहमति भइसकेको जानकारी दिएको छ।

सो वेबसाइटअनुसार मेस्सी र बार्साबीच दश वर्षे सम्झौता भएको छ। जसअनुसार मेस्सीले अब दुई वर्ष बार्सामै खेलाडीको रुपमा खेल्नेछन् त्यसपछि अर्को दुई वर्ष उनी अमेरिकी क्लब इन्टर मायामीबाट खेल्नेछन् र ६ वर्ष उनी क्लबको सद्भावना दूत रहेर काम गर्नेछन्।

आगामी ४ वर्षको अवधिमा उनले २४० मिलियन युरो कमाउने बताइएको छ। इन्टर मायामी डेभिड बेकहमले खरिद गरेको अमेरिकी क्लब हो।

समाचारअनुसार सर्जियो अग्वेरो जसले दुईवर्षको लागि बार्सासँग सम्झौता गरेका छन् उनी पनि इन्टर मायामी जानेछन्।

यदी मेस्सीले बार्सासँग सम्झौता नगर्ने निधो नै गरे उनी अनुबन्धित हुने सम्भावित क्लब पीएसजी र म्यानचेस्टर सिटी भएको गोल डटकमले जनाएको छ।

पीएसजीमा उनका मिल्ने पूर्व सहकर्मी नेमार जुनिएर छन् भने सिटीमा बार्साका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला छन्।

तर ग्वार्डिओलाले दोहोर्‍याउँदै मेस्सीले बार्सा नछाड्ने बताउँदै आएका छन्।

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

0

बेइजिङ – जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड १८ लाख ५६ हजार ८०८ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ३९ हजार ३४ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २९ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश                                                           सङ्क्रमितको संख्या                                          कूल मृत्यु

संयुक्त राज्य अमेरिका                तीन करोड ३६ लाख ५३ हजार ९२४             छ लाख ४ हजार ४७६
भारत                                            तीन करोड ३ लाख ६२ हजार ८४८                   तीन लाख ९८ हजार ५५४
ब्राजिल                                          एक करोड ८५ लाख १३ हजार ३०५              पाँच लाख १५ हजार ९८५
फ्रान्स                                               ५८ लाख ३५ हजार ९८२                                एक लाख ११ हजार २३२
रुस                                                   ५४ लाख ३९ हजार ५९४                                एक लाख ३२ हजार ९७३
टर्की                                                 ५४ लाख २० हजार १५६                                 ४९ हजार ६८७
बेलायत                                            ४७ लाख ९१ हजार ६२८                                एक लाख २८ हजार ३९०
अर्जेन्टिना                                        ४४ लाख ४७ हजार ७०१                               ९३ हजार ६६८
इटाली                                              ४२ लाख ५९ हजार १३३                                 एक लाख २७ हजार ५४२
कोलोम्बिया                                    ४२ लाख १३ हजार ७४                                    एक लाख ५ हजार ९३४
स्पेन                                                 ३७ लाख ९९ हजार ७३३                                 ८० हजार ८२९
जर्मनी                                              ३७ लाख ३५ हजार ४३०                                  ९० हजार ८८४
इरान                                                ३१ लाख ९२ हजार ८०९                                  ८४ हजार १२७
पोल्याण्ड                                        २८ लाख ७९ हजार ९१२                                  ७५ हजार १२१
मेक्सिको                                        २५ लाख १३ हजार १६४                                 दुई लाख ३२ हजार ८०३
युक्रेन                                               २३ लाख १०१                                                    ५४ हजार ५८१
इन्डोनेसिया                                    २१ लाख ५६ हजार ४६५                               ५८ हजार २४
पेरु                                                  २० लाख ४८ हजार ११५                                 एक लाख ९१ हजार ८९९
दक्षिण अफ्रिका                            १९ लाख ५४ हजार ४६६                                ६० हजार २६४
नेडरल्याण्ड                                   १७ लाख १२ हजार १००                                 १८ हजार २८

बढ्यो सुनचाँदीको मूल्य

0

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा २० रुपैयाँले वृद्धि आएसँगै प्रतितोला १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन : वरिष्ठ अधिवक्ता महतो

0

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उहाँले पार्टीभित्रको सदस्य भएपछि आफ्नो पार्टीको निर्णयविपरीत गएर सांसद गणना गर्न नमिल्ने तर्क गर्नुभएको हो ।

“दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ”, वरिष्ठ अधिवक्ता महतोले भन्नुभयो, “आधार पनि कानूनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देउ भन्दा राष्ट्रपतिलाई आधार लागेन ।”

वरिष्ठ अधिवक्ता महतोको उक्त तर्कमाथि प्रधानन्यायाधीश राणाले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ ररु भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता महतोले एउटा दलको सांसद अर्को दलमा गएर सांसदको संख्या बन्न नमिल्ने तर्क गनुभएको थियो ।

बहुदलीय शासन प्रणाली भनेको दलको शासन भएको तर्क गर्दै उहाँले दलभन्दा बाहिर गएर सरकार गठन गर्ने भनेर संविधानमा कतै पनि व्याख्या नगरिएको बताउनुभयो । “दलमा बसेर दलको निर्णय मान्नु पर्दछ, संसदभित्र दलको भूमिका हुन्छ, संसदीय मामिलामा दलको मातहतमा नै सांसद हुन्, त्यो भन्दा बाहिर जान सक्दैनन्”, वरिष्ठ अधिवक्ता महतोले भन्नुभयो, “एमालेका संसदीय दलका नेता ओलीले मुलुक हाँकिरहेका छन्, उहाँलाई उहाँकै दलका सांसदले हटाएर संसदीय व्यवस्थामा अर्को दलको नेता देउवालाई समर्थन गर्न सक्दैनन् श्रीमान ।”

यी हुन् युरोकपको फाइनलमा पुग्न इंग्ल्यान्डले पार गर्नुपर्ने चुनौती

0

‘इंग्ल्यान्डलाई योभन्दा राम्रो युराेकप जित्ने मौका फेरि आउनेछैन’

जर्मनीमाथि अन्तिम १६ मा २–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएपछि इंग्ल्यान्डका पूर्वकप्तान एलन सेयररले दिएको प्रतिक्रिया हो यो।

समूह ‘डी’को विजेता बनेपछि इंग्ल्यान्डलाई अन्तिम १६ मा फ्रान्स, जर्मनी, पोर्चुगल वा हंगेरी जस्तो बलियो टोलीमध्ये एकसँग खेल्नुपर्छ भन्ने थाहा थियो। जुन टोलीहरु गेरार्थ साउथगेटको टोली इंग्ल्यान्डका लागि अगाडि बढ्ने बाटोका तगारो हुन्थे।

तर अन्तिम १६ बाटै जर्मनी र नेदरल्यान्ड्सपनि बाहिर भइसकेपछि इंग्ल्यान्ड प्रबल उपाधि दाबेदार टोली बनेको छ।

अहिले कागजमा उपाधि दाबेदार मानिएको इंग्ल्यान्डको फाइनल यात्रामा अब को-को तगारो बन्लान् त?

क्वार्टरफाइनल : युक्रेन
क्वार्टरफाइनलमा इंग्ल्यान्डले युक्रेनको सामना गर्ने पक्का भइसकेको छ।

विश्व वरीयताको २४ औँ स्थानमा रहेको युक्रेन इंग्ल्यान्डविरुद्धको अन्तिम तीन खेलमा एक खेलमा पराजित र दुई खेलमा बराबरीमा रोकिएको छ।

२००६ को युराेकपपछि पहिलोपल्ट युक्रेन क्वार्टरफाइनलमा प्रवेश गरेको हो। जारी संस्करणमा स्पेन, पोल्यान्ड र स्लोभाकिया रहेको समूहको विजेता बन्दै स्विडेन अन्तिम १६ मा प्रवेश गरेको थियो।

त्यही स्विडेनलाई अतिरिक्त समयको अन्तिम मिनेटमा आर्टिम डोभब्एिकको निर्णायक गोल मद्दतमा पराजित गर्दै यूक्रेनले इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो।

समूह चरणमा नेदरल्यान्ड्ससँग रोमाञ्चक खेलमा ३–२ ले पराजित भए पनि युक्रेनले नर्थ मेसेडोनियालाई २–१ ले पराजित गर्दै आफ्नो लय फर्काएको थियो। अन्तिम खेलमा अष्ट्रियासँग १–० ले पराजित भएपछि समूह ‘सी’को उत्कृष्ट तेस्रो टोली बन्दै युक्रेनले अन्तिम १६ मा स्विडेनसँगको भेट पक्का गरेको थियो।

इंग्ल्यान्ड र युक्रेन अहिलेसम्म ७ पटक आमनेसामने भएका छन्। जसमा २००९ को फिफा विश्वकपमा मात्रै युक्रेनले इंग्ल्यान्डलाई पराजित गर्न सकेको छ भने बाँकी ६ पटकको नतिजा इंग्ल्यान्डको पक्षमा छ।

सेमिफाइनलमा इंग्ल्यान्डको सामना कोसँग हुनसक्छ?
चेक रिपब्लिक
चेक रिपब्लिकले एक झट्कामा नेदरल्यान्ड्सलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनायो।

फिफा वरीयताको २५औं स्थानमा रहेको टोलीले चेकोस्लोभाकिया हुँदा १९७६ मा युराेकपको उपाधि उचालेको थियो।

समूह चरणमा पनि इंग्ल्यान्ड र चेक रिपब्लिकको भेट भइसकेको छ। जहाँ इंग्ल्यान्डसँग १–० ले पराजित हुँदै चेक समूहको उत्कृष्ट तेस्रो टोली बनेर क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

चेकले क्वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ। २००४ को युराेकपको क्वार्टरफाइनलमा चेकले डेनमार्कलाई ३–० ले हराएको थियो। त्यस्तै नतिजा दोहोरिए चेकले वेम्बली स्टेडियममा हुने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।

चेकसँग इंग्ल्यान्डमा सेमिफाइनल खेलेको अनुभव पनि छ। १९९६ को युराेकप सेमिफाइनलमा फ्रान्सलाई युक्रेनले पेनाल्टीमा पराजित गरेको थियो।

तर फाइनलमा भने ऊ जर्मनीसँग पराजित हुँदै उपाधि विमुख भयो।

डेनमार्क
सेमिफाइनलमा इंग्ल्यान्डले सामना गर्नुपर्ने अर्को सम्भावना बोकेको टोली हो, डेनमार्क। क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई पराजित गरेमा उसले सेमिमा इंग्ल्यान्डको सामना गर्नेछ।

अन्तिम १६ मा वेल्समाथि ४–० को शानदार जित हात पार्दै डेनमार्कले फाइनलमा स्थान बनाएको हो।

डेनमार्कले समूह चरणमा पनि रसियालाई ४–१ गोलअन्तरले पराजित गरेको थियो। त्यसअघिका दुई खेलमा भने फिनल्यान्ड र बेल्जियमसँग डेनमार्क पराजित भएपछि समूह बीको उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

फाइनलमा इंग्ल्यान्डको सामना कोसँग हुनसक्छ?
यदि इंग्ल्यान्ड आफ्नो पहिलो युराेपियन च्याम्पियनसिपको फाइनलमा पुग्छ भने वेम्बली स्टेडियममा कमसेकम ६० हजार दर्शकको उसले समर्थन पाउनेछ।

खेल तथ्यांक विश्लेषक ग्रेसनोटका अनुसार यस प्रतियोगितामा घरेलु समर्थकको प्रभाव राम्रै परेको छ।

फाइनलमा बेल्जियमबाहेक अन्य टोलीविरुद्ध इंग्ल्यान्ड दाबेदार मानिएको छ। बेल्जियमविरुद्ध इंग्ल्यान्डको जित्ने सम्भावना ४८ प्रतिशत रहेको ग्रेसनेटले जनाएको छ।

त्यसबाहेक फाइनलमा स्विट्जरल्यान्ड्ससँग ७०, स्पेनसँग ६१ र इटालीसँग ५७ प्रतिशत इंग्ल्यान्डको जित्ने सम्भावना रहेको तथ्यांक विश्लेषण गरिएको छ।

चीनले कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वार्षिकोत्सव मनाउँदै

0

बेइजिङ्ग । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको कुनै पनि राष्ट्रलाई दमन गर्ने नीति नरहेको बताउनुभएको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं स्थापना दिबसको अबसरमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

राष्ट्रपति चिनफिङको सम्बोधन सुन्न बेइजिङ्गको तिआनमेन स्क्वायरमा ७० हजार चिनियाँ उपस्थित भएका थिए । करिब एक घण्टा लामो सम्बोधन गर्नुभएका राष्ट्रपति चिनफिङले आधुनिक चीनमा पार्टीको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले कसैलाई चीनमा दमन गर्ने, अधीनमा राख्ने वा बदमासी गर्ने अनुमति नदिने प्रष्ट्याउनुभयो । चीन आफ्नो वृद्धि दरमा केन्द्रित रहने बताउनुभयो ।

चिनियाँ आर्थिक वृद्धि दरलाई अमेरिकाले दबाउन खोजेको आरोप लाग्दै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को स्थापना सन् १९२१ म भएको हो । ७२ वर्षे लामो गृहयुद्धपछि सीसीपी सत्तामा आएको थियो । सीसीपीको सत्तारोहणपछि विश्वकै शक्तिशालीमध्येका एक राष्ट्रको रुपमा चीनको उदय भएको छ ।

राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदै, डा खिमलाल देवकोटा र दृगनारायण पाण्डे अधिवेशनमा नयाँ प्रवेशी

0

काठमाडौँ ।  सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले भन्नुभयो, “स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सम्पूर्ण काम पूरा भएको छ, उपकरणलाई पनि चुस्त तुल्याइएको छ, छुटेका सदस्यलाई खोप लगाउने र एन्टिजेन परीक्षण गर्ने काम भइरहेको छ ।” राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ ।

यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ । बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ । प्रतिनिधिसभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीसँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ । सरकारले पनि लागेका लाञ्छना र प्राप्त उपलब्धिबारे सदनमार्फत जनतालाई स्पष्ट पार्न मौका मिलेको छ ।

राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय  राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको हो ।

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रियसभाको अधिवेशन बेग्लै आह्वान हुने अवस्था आएको हो । राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल हुनुहुन्छ । हाल राष्ट्रियसभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत  हुनुहुन्छ । पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) अधिवेशनमा नयाँ प्रवेशी हुनुहुनेछ ।

बागमती र नारायणी क्षेत्रमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

0

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले नारायणीको सहायक नदी  मर्स्याङ्दी, बिमल नगर जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ ।

बिहीबार बिहान ७ बजेको मापन अनुसार कार्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव स्थिर रहे पनि कोशी, नारायणी, बागमती र यसका सहायक नदीमा पानीको बहाब बढ्ने क्रममा रहेकोले तटिय क्षेत्र तथा आसपासका क्षेत्रहरुका बान्सिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । महाशाखाका अनुसार आज कार्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्य रहने जनाएको छ ।

यस्तै, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा त्रिशुली, बुढीगण्डकी, मस्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

यसैगरी पश्चि राप्ती, बबईमा बहाब सामान्य रहने, पूर्वी राप्ती र कन्काईमा जलाधारका केही सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भइ सतर्कता तह पार गर्न सक्ने अनुमान गरेको छ । यस्तै कमला र बागमती लगायतमा अत्याधिक वर्षाका कारण खतराको तह पार गर्न सक्ने पूर्वानुमान गरेको छ ।

महाशाखाले प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पााँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुका आसपास भएर बग्ने नदीहरुमा बहाब बढ्न सक्ने भएकोले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी आसपास भएर बग्ने नदीमा बहाब उच्च रहने बताएको छ ।  यस्तै बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक आसपास भएर बग्ने नदीहरु बाढीको उच्च जोखिममा रहेको बताएको छ ।

यस्तै गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर र लुवम्बनी प्रदेशको पाल्पा, गुल्मी, प्युठान, अघााखााँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बग्ने स–साना नदीहरुमा पानीको बहाब उच्च रहने महाशाखाले पूर्वानुमान गरको छ ।

Last Posted Articles